टंकलाई अर्को स्वर्ण

काठमाडौँ — मध्यमाञ्चलका एमेच्योर गल्फर टंकबहादुर कार्कीले पूर्वाञ्चलका शुक्रबहादुर राईलाई सात स्ट्रोकले पछाडि पार्दै शुक्रबार राखेप ओपन गल्फ च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा पनि उपाधि जितेका छन् ।

टंकलाई अर्को स्वर्ण

यसअघि टिम स्पर्धामा सफलता हात पारेका टंकले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा भएको ५४ होलको च्याम्पियनसिपमा कुल तीन ओभर २ सय ७ स्कोर गरे । उनले अन्तिम दिन दुई ओभर ७० को कार्ड बनाए भने सुरुका दुई दिन ७१ र ६६ शट खेलेका थिए । धरानस्थित निर्वाणा कन्ट्री क्लबका शुक्रले अन्तिम चरणमा १ अन्डर ६७ स्कोर गर्दै समग्रमा आठ ओभर २ सय १२ को कार्ड बनाएर रजत पदक हात पारे । उनले सुरुका दुई दिन ७१ र ७४ शट खेलेका थिए ।

मध्यमाञ्चलका सुवास घिसिङले १८ ओभर २ सय २२ स्कोरसहित कांस्य प्राप्त गरे । पहिलो दिन ७ ओभर ७६ खेलेका उनले दोस्रोमा १ ओभर ६९ र तेस्रो चरणमा नौ ओभर ७७ स्कोर गरेका थिए । विपिन तामाङ (१९ ओभर २ सय २३) चौथोमा रहे भने सुन्दर राई (२१ ओभर २ सय २५) शीर्ष पाँचमा अटाए ।

अघिल्लो दिन टंक, सुवास, सन्दीप तामाङ समावेश मध्यमाञ्चलले टिम स्पर्धामा स्वर्ण जितेको थियो । शुक्र, युवराज भुजेल र सुन्दर राई रहेको पूर्वाञ्चल टिमले रजत हात पारेको हो ।

प्रकाशित : पुस २९, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?