२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मकवानपुर फुटबलमा टीका

काठमाडौँ — जिल्ला फुटबल संघ मकवानपुरको अध्यक्षमा टीका लामा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार साधारणसभामा क्लबको प्रतिनिधित्व विवाद दिनभर चले पनि साँझ विवाद सुल्झिएको थियो ।

मकवानपुर फुटबलमा टीका

कार्यसमिति प्रथम उपाध्यक्ष सुविन घिमिरे, द्वितीय उपाध्यक्ष अजय मानन्धर चयन भए । सदस्यमा फिफा सहायक रेफ्री युनाल मल्ल, अमृत लङवा, अतुल बर्मा, युवराज लामा, सन्तोष राई, राजकुमार श्रेष्ठ चयन भए । तृतीय उपाध्यक्ष र तीन सदस्य भने कार्यसमिति बैठकले मनोनीत गर्ने जानकारी फुटबल संघले दिएको छ । मकवानपुरको छैटौं साधारणसभाका लागि केन्द्रबाट आएका प्रतिनिधि वरिष्ठ उपाध्यक्ष मणि कुँवर भने विवाद उत्पन्न भएपछि कार्यक्रममा देखिएनन् ।

प्रकाशित : माघ ६, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?