नामिबियासँग नेपालको पहिलो खेल

काठमाडौँ — नेपालले आयोजक नामिबियासँग विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेल खेल्ने भएको छ । नामिबिया क्रिकेटको आधिकारिक वेबसाइटमा फेब्रुअरी ६ देखि १६ सम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । त्यसअनुसार नेपालले घरेलु टोलीसँग फेब्रुअरी ८ मा पहिलो खेल खेल्नेछ । 

डिभिजन २ मा नामिबिया र नेपालसहित केन्या, यूएई, ओमान र क्यानडाले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । नेपालले ओमानसँग फेब्रुअरी ९ मा दोस्रो खेल खेल्नेछ । त्यस्तै ११ मा यूएई, १२ मा केन्या र १४ मा क्यानडासँग खेल्ने छ । नेपालले २०१५ मा नामिबियामै डिभिजन २ खेलेको थियो, जसमा नेपाल चौथो भएको थियो ।


नेपालको खेलतालिका

विरुद्ध नामिबिया फेब्रुअरी ८

विरुद्ध ओमान फेब्रुअरी ९

विरुद्ध यूएई फेब्रुअरी ११

विरुद्ध केन्या फेब्रुअरी १२

विरुद्ध क्यानडा फेब्रुअरी १४

प्रकाशित : माघ ७, २०७४ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?