कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अगुइरोको ह्याट्रिक

एएफपी

लन्डन — सर्जियो अगुइरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले शनिबार न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पुन: १२ अंकको अग्रता लिएको छ । गत साता लिभरपुलसँग ४–३ ले पराजित भएपछि घरेलु फुटबलमा सिटीको ३० खेलको अपराजित यात्रा टुंगिएको थियो । 

अगुइरोको ह्याट्रिक

अगुइरोले इतिहाद रंगशालामा सिटीलाई पुरानै लयमा फर्काए । केभिन डी ब्रुयेनको क्रसमा अगुइरोले ३४ औं मिनेटमा सिटीको खाता खोलेका थिए । रहिम स्टर्लिङलाई लडाएपछि प्राप्त पेनाल्टीमा अगुइरोले नै ६३ औं मिनेटमा दोस्रो गोल गरे । त्यसको चार मिनेटपछि ज्याकोब मर्फीले न्युक्यासलबाट गोल गरी खेलमा केही रोचकता थपे पनि अगुइरोले ८३ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । सिटीका लागि यो उनको ११ औं ह्याट्रिक हो ।


दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले बर्नलीमा १–० को विजय हात पार्‍यो । एन्थोनी मार्टियलले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । ब्राइटनलाई ४–० ले पराजित गरेको चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।


एलेक्सिस सान्चेजबिनै उत्रिएको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्‍यो । नाचो मोनरिएल, एलेक्स इवोबी, लाउरेन्ट कोस्किइल्नी र एलेक्जान्द्रे लाकाजेटले २२ मिनेटभित्र गोल गरेपछि आर्सनल बलिया बनेको थियो । लुका मिलिभोजेभिकले १२ मिनेट बाँकी रहँदा प्यालेसबाट गोल फर्काए । आर्सनल छैटौं स्थानमा छ ।


लेस्टर सिटीले वाटफोर्ड र स्टोकले हडर्सफिल्डलाई २–० को समान स्कोरमा हराए । पराजयपछि वाटफोर्डले आइतबार व्यवस्थापक मार्को सिल्भालाई बर्खास्त गरेको छ । एभर्टन र वेस्ट ब्रोम तथा वेस्टहाम र बर्नमाउथबीचको खेल १–१ को बराबरीमा टुंगिए ।

प्रकाशित : माघ ८, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?