कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

खुकुरी र होराइजन विजयी

बुटवल — भैरहवामा जारी रूपन्देही टी–२० क्रिकेट प्रतियोगितामा सोमबार लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र न्यु होराइजन क्रिकेट क्लब बुटवल विजयी भएका छन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा खुकरीले आइसीएफसी प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लबलाई ९६ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको खुकुरीले ७ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो ।

दोस्रो खेलमा होराइजनले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको होराइजनले ९ विकेट गुमाई १ सय १३ रन बनाएको हो । मंगलबार ज्ञानोदय क्रिकेट क्लब करहिया र देवदह क्रिकेट युनिट देवदह तथा न्यु होराइजन र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने छन् ।

प्रकाशित : चैत्र ६, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?