कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजीले अर्को साता यमनविरुद्ध खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नेपालले एएफसी एसियन कपको छनोट चरणअन्तर्गत समूहको चैत १४ गते समूहको अन्तिम खेलमा यमनको सामना गर्दैछ । खेल कतारको राजधानी दोहामा हुँदैछ ।  

राष्ट्रिय फुटबल टोलीको घोषणा

विराज महर्जनको कप्तानीमा घोषित टोलीमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रन्जित धिमाल र देवेन्द्र तामाङ छन् । मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल बल, सुमन लामा र सुजल श्रेष्ठ अटाए ।


आक्रमणको जिम्मेवारी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र अन्जन विष्टले सम्हाल्नेछन् ।


प्रकाशित : चैत्र ६, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?