२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

महिला लिग आजदेखि

काठमाडौँ — पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

महिला लिग आजदेखि

गत वर्ष भएको १६ औं संस्करणमा एपीएफ च्याम्पियन भएको थियो । हेटौंडामा सम्पन्न उपराष्ट्रपति कपमा काठमाडौं र रौतहटमा भएको प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघले उपाधि जितेको थियो । त्यही सफलताका आधारमा उनीहरूलाई लिगमा समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) की सदस्य पेमा लामाले बताइन् ।

करिब ५० लाख रुपैयाँ खर्च हुने बताइएको लिगको विजेताले २ लाख पाउनेछ । उपविजेताले १ लाख र तेस्रो हुुने टिमले ५० हजार पाउनेछन् । तयारीका लागि हरेक टिमलाई ५०–५० हजार रुपैयाँ दिइएको एन्फाले जनाएको छ । व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीले १०–१० हजार र लिगकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछन् । उद्घाटन खेल गत वर्षको उपविजेता आर्मी र पुलिसबीच हुनेछ । अर्को खेलमा काठमाडौं र रौतहट भिड्नेछन् ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?