२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बुटवल दरबारलाई उपाधि

कान्तिपुर संवाददाता

बुटवल — प्रथम लाईम एण्ड लेमन अन्तर रेष्टुरेन्ट फुटसल प्रतियोगिताको उपाधि बुटवल दरबार एण्ड रेष्टुरेन्ट प्रालिले जितेका छ । बुटवलमा मंगलबार भएको फाईनल खेलमा आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट प्रालिलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि चुकेको हो ।

बुटवल दरबारलाई उपाधि

उपाधिसंगै बुटवल दरबारले नगद रनिङ्गशिल्ड, नगद ५० हजार, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ । उपविजेताले आम्रपाली नगद २५ हजार नगदसहित ट्रफी पायो । आम्रपालीका भरत राना सर्वोत्कृष्ट खेलाडी तथा रमेश मल्ल उच्च गोलकर्ता घोषित हुदै नगद ५ हजार, कपबाट पुरस्कृत भए । मिलिनियम क्याफेका असिम राना उत्कृष्ट गोलकिपर तथा प्रतियोगितामा अनुशासित टिम रिफ्रेस क्याफे बन्न सफल भयो । उनिहरुले कपसहित नगद ५ हजारको दरले पुरस्कार प्राप्त गरे ।


गोर्खा ब्रुअरीको सहयोगमा योगीकुटीस्थित लुम्बिनी फुटसल एरेनामा भएको फाईनल खेलमा बुटवल दरबारको तर्फबाट जितका लागि किशोर गिरी र रामु तामाङ्गले २–२ तथा रोशन मल्ल ठकुरीले एक गोल गरेका थिए । आम्रपालीबाट भरत राना, अर्जुन गिरी र राजेश गाहाले गोल गरेका थिए । दशैको मौकामा रेष्टुरेन्ट ब्यवसायीहरु बिचमा भातृत्व र एकता बढाउने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको लाईम एण्ड लेमनका संचालक सागर पौडेलले बताए । प्रतियोगितामा बुटवल उपमहानगरपालिका क्षेत्रका १४ वटा रेष्टुरेन्ट ब्यवसायीहरुको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।


ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसी, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यावसायी संघका अध्यक्ष समुन्द्र जीसी, खेल संयोजक सित्तल शर्माले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रकाशित : आश्विन ३०, २०७५ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?