१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एप्पलले किन्यो शाजम

काठमाडौं — गीत पहिचान गर्ने एप शाजमलाई एप्पलले किनेको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् तर रकम भने खुलाइएको छैन । शाजम यसअघिदेखि नै एप्पलको सिरिजसँग जोडिएको छ ।

एप्पलले किन्यो शाजम


शाजम एप प्रयोगकर्तामाझ गीत पहिचान गर्ने एपका रूपमा चर्चित छ । जस्तो, कुनै पार्टी वा कतै कुनै गीत सुनियो तर उक्त गीत कुन हो ? कसको हो ? थाहा छैन भने शाजमले उक्त गीतको ट्रयाकको भरमा गीतको पहिचान गर्न सक्छ ।
एप्पलले शाजमलाई आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस एप्पल म्युजिकसँग जोड्नेछ । पछिल्लो समय एप्पल म्युजिकको प्रयोगकर्ता बढ्दै गए पनि यो स्पोटिफाईजस्ता एपसँग प्रतिस्पर्धामा पछि छ । एप्पलले सन् २०१५ देखि एप्पल म्युजिक सुरु गरेको हो ।

प्रकाशित : मंसिर २९, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?