पुरानो आइफोन स्लो बनाएको एप्पलले स्वीकार्‍यो

एजेन्सी — एप्पलले पुराना आइफोन स्लो बनाउने गरेको स्वीकारेको छ । प्रयोगकर्तालाई नयाँ आइफोन किन्न प्रोत्साहिन गर्न एप्पल आफैंले पुराना आइफोन स्लो बनाउने गरेको अपुष्ट आरोप लाग्दै आएको थियो ।

पुरानो आइफोन स्लो बनाएको एप्पलले स्वीकार्‍यो

यसैसाता एक टेक्नोलोजीसम्बन्धी जानकारी दिने वेबसाइटले नयाँ व्याट्री राखेपछि पुरानो आइफोन पनि राम्ररी चल्ने तर पुरानै व्याट्रीमा भने स्लो हुने भन्दै एप्पल आफैंले यसो गरेको आरोप लगाएको थियो ।


कम्पनीले अहिले भने केही पुराना मोडलका आइफोनको कार्यक्षमता घटाएको स्वीकारेको बीबीसीले लेखेको छ । पुराना आइफोनको व्याट्रीको कार्यक्षमता समेत घट्दै जाने हुनाले त्यसैअनुसार आइफोनको कार्यक्षमता पनि घटाउनु परेको कम्पनीले स्वीकारेको छ ।


कम्पनीले यसलाई पुराना आइफोनमा व्याट्री कम हुने वित्तिकै प्रोसेसरलाई चाहिने ऊर्जा प्रदान गर्न नसकेर बन्द हुने समस्या समाधानको लागि यसको कार्यक्षमतालाई कम गरेको बताएको छ ।

प्रकाशित : पुस ६, २०७४ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?