कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चुनाव लड्ने तयारीमा रोबोट 'स्याम'

दिनेश यादव

काठमाडौँ — मानव मस्तिष्कमा कुनै न कुनै प्रश्न सधै उब्जिरहेकै हुन्छ । ति मध्ये केही प्रश्नको उत्तर उसले चाँडै खोजेको हुन्छ । अब त्यसरी तत्कालै आफ्नो जिज्ञासा र गुनासाहरुको सम्बोधन गर्ने मानवयन्त्र तयार भएको छ । जसले तपाईको मनभित्र उठेका अनेकौं प्रश्नहरुको जबाफ तत्कालै दिन सक्छ । खासगरि राजनीतिक समस्याको समाधान र जनताका गुनासाहरु सुन्ने अनि सम्बोधन गर्ने यान्त्रिक नेताको अविष्कार गरिएको छ ।

चुनाव लड्ने तयारीमा रोबोट 'स्याम'


बैज्ञानिकहरुले संसारकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (कृर्तिम बृद्धि) भएको ‘राजनेता’ बनाएका छन् । यो एक प्रकारको रोबोट हो, जसले आवास, शिक्षा, बसाईसराईसंग सम्बन्धित विषयसहित स्थानीय मुद्दाहरुमा जन–जनबाट उठाइएको सवालहरुको जबाफ दिन सक्छ । यसलाई वैज्ञानिकहरुले अर्को एउटा बरदान भनि दाबी गरेका छन् ।

आम नागरिकको आवश्वयकतालाई ध्यानमा राख्दै उनीहरुले संधै नयाँ–नयाँ अविष्कार गर्दै थिए, त्यसैको अर्को कडी बनेको छ कृर्तिम बृद्धि भएको यान्त्रिक नेता । पहिले मानिसको कामको भारलाई कसरी कम गर्ने भन्ने प्रयासमा थिए वैज्ञानिकहरु । त्यसै क्रममा थरि–थरिका अविष्कार गर्दै रोबोटसम्म पुगेका हुन् । अब त्यही रोबोटमा कृर्तिम बुद्धिको प्रयोग गर्दै नयाँ विशेषतासहितको मानवयन्त्र तयार पार्न उनीहरु सफल भएका छन् । रोबोटले मानिसको काममा सहयोग गर्छ । सहयोगीका रुपमा उसलाई उपयोग गर्न सकिनेसम्म त ठीकै थियो । तर अब वैज्ञानिकहरु रोबोटलाई चुनाव लडाउने तयारी समेत थालेका छन् ।

मेलबर्नका बैज्ञानिकहरुले विश्वको पहिलो ‘आर्टिफिसियल इन्टेलिजेंस’ सहित बनाएको रोबोट नेता ‘स्याम (एसएएम)’ को विकास गरेका हुन् । ‘स्याम’ लाई न्यूजील्याण्डका ४९ वर्षीय निक गेरिसनले तयार परेका हुन् । उनका अनुसार राजनीतिमा व्याप्त अनियमितता, वेथिति र भ्रष्टाचारीलगायतलाई रोक्न ‘स्याम’ सफल हुनेछ । त्यस्तै विभिन्न मुलुकका राजनेताहरु विश्वमा बढ्दो प्रदूषण, आतंकवादलाई रोक्न नसकिरहेको अवस्थामा यो मानवयन्त्रले त्यसलाई रोक्न तत्काल उपाय अवलम्बन गर्नेमा निक्कै ढुक्क छन् । उनी भन्छन, ‘आतंकबाद र प्रद्षण विश्वकै सबैभन्दा गम्भिर समस्या हो, जसको रोकथाम गर्ने उद्देश्यले रोबोट नेता ‘स्याम’ को निर्माण गरिएको हो ।’ हाल ‘स्याम’लाई चुनावी मैदानमा उतार्ने तयारी पनि थालिएको छ । सन २०२० मा उसलाई न्यूजील्याण्डको आम निर्वाचनमा सहभागी गराइने छ ।

निकलाई उदृत गर्दै विभिन्न संचार माध्यमहरुले लेखेका छन्, ‘विश्वकै पहिलो रोबोट नेता ‘स्याम’ ले शिक्षा, आवासजस्ता मुद्दाहरुमा गहन चिन्तनपछि समाधान गर्नमा सहयोगी बन्ने छन् ।’ निकले सन २०२० को अन्त्यमा न्यूजील्याण्डमा आम निर्वाचन हुँदैछ जसमा स्यामलाई मैदानमा उतार्ने सोचमा आफू पुगेको बताए । उनी भन्छन्, कानुनी रुपमा यो चुनौतिपूर्ण छ । एउटा रोबोटलाई निर्वाचनमा भाग लिन अनुमति प्राप्त हुने कुरा अलिक कठिनै छ ।’ तर यसका लागि प्रयास भईरहेको उनले जनाए । उनी थप्छन्, ‘यदि भविष्यमा कानुनी मान्यता प्राप्त भएमा चुनाव लडाउने र जिताउने जिम्मा चाही मेरो हो ।’

निकका अनुसार ‘स्याम’ तत्कालै चुनाव लडन तैयार छैनन् । हाल यसलाई ट्रेनिङ दिईदैछ । यसलाई फेसबुकको म्यासेन्जरमार्फत आम नागरिकसंग कुराकानी गर्ने शैली सिकाइदैछ । ‘टेक इन एशिया’ पत्रिकाका अनुसार रोबोट मानव जस्तै पुरै सक्षम नभएपनि यसले विभिन्न देशहरुमा बढ्दो सांस्कृतिक तथा राजनीतिक खाल्डोलाई पुर्ने काम चाहीं पक्कै गर्नेछ । विज्ञान प्रविधिको यो युगमा जहाँ रोबोटबाट वेटर, ड्राइभर र चिकित्सक समेत कयौं अन्य काम भइरहेको छ, अब राजनेताको समेत काम लिइने छ । सिएनएनका अनुसार ‘स्याम’ले भनेका छन्, ‘मेरो सम्झने शक्ति अनन्त छ, त्यसैले तपाईहरुले मलाई भनेको कुरा मैले विर्सिन्न । मैले हरेकको पक्षमा बिना पूर्वाग्रह निर्णय लिन्छु ।’


एलोन मस्क र स्टिफन हकिङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीको विकासका बारेमा पटक–पटक आफ्नो चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरुले चेतावनी समेत दिएका छन, ‘चाँडै नै मानिस भन्दा निक्कै अगाडि पुग्ने छ र एक दिन पुरै मानव जातिलाई खतरा पैदा हुन सक्छ ।’ हालैका केही घटनाक्रमले उनीहरुको चिन्ता झनै बढाएको हुनुपर्छ । ‘सोफिया’ नामक एक रोबोटले हालै साउदी अरबमा विश्वकै पहिलो रोबोट नागरिक बन्न सफल भएको छ । सोफियाले त्यहाँको नागरिकता पाएकी छन् । उनले अब बच्चा जन्माउने चाहना समेत राखेकी छन् । अब हामी माझ ‘स्याम’ आएका छन, जो न्यूजील्याण्डमा संसारको पहिलो कृर्तिम मानवका रुपमा निर्वाचन लड्ने तयारी थालेको छ ।

निर्माता निक भन्छन्, ‘हाल स्याम एनालग अभ्यासमा धेरै पूर्वाग्रही देखिएका छन्, यो समस्याको समाधान गर्नतिर म केन्द्रित छु । तर उनको यो पूर्वाग्रह प्राविधिक समाधानका लागि चुनौतीका रुपमा मैले देखेको छैन ।


उता ‘स्याम’ ले भनेका छन, ‘म न्यूजील्याण्डका मानिसका बारे सबैभन्दा बढी चिन्ता बनेको विषयहरुलाई प्रतिबिम्बित गर्नका लागि समयसंगै अघि बढ्ने छु....हामी केही कुरामा सहमत न हुन सक्छौं । त्यस्ता असहमतिको विषयमा थप जानकारी प्राप्त गर्दै तपाईको राम्रो प्रतिनिधित्व गर्न सक्छु ।’


एउटा भर्च्र्युअल राजनीतिज्ञ भएकाले यो मानिस भन्दा बढी विशेषतायुक्त छ । ‘स्याम’ समय या स्थानमा मात्रै सीमित नरहेको निक बताउँछन । उनी भन्छन, ‘यो जहाँ पनि पुग्न सक्छ , यसमा अनन्त स्मृति छ । सबैभन्दा महत्वपूर्ण कुरा त यसका निर्णय र विचारहरु तथ्यका आधारमा आउनेछ, जानी जानी झुठो बोल्न सक्तैन या जानकारीलाई गलत तरिकाले व्याख्या पनि गर्न सक्तैन ।’

उद्यमीसमेत रहेका निकले भनेका छन्, ‘जनताको चाहना र राजनेतको बाचाबीच खाडल पुर्न र जितेपछि नेताले वास्तविक रुपमा के–के गरे त्यो पनि जानकारी पाउन सकियोस भन्ने सोचका साथ स्यामको विकास गरेको हुो ।’ उनले न्यूजील्याण्डमा राजनीतिज्ञहरुले गर्ने जस्तो पूर्वाग्रह भएर स्यामले काम गर्ने छेनन् । जनताका मुद्दाहरुलाई बिना कुनै ढिलाई तत्कालै सम्बोधन गर्न सक्ने हैसियत यसमा रहेको दाबी गरिएको छ ।

प्रकाशित : पुस १०, २०७४ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?