सुशासन एप–सिंहदरबार

काठमाडौँ — कृषि विभागले केके काम गर्छ ?, वैदेशिक रोजगार विभागमा कसरी सेवा लिने ? पासपोर्ट बनाउने फाराम कसरी भर्ने ? यिनै जानकारी सहितको सिंहदरबार एप सार्वजनिक भएको छ ।

सुशासन एप–सिंहदरबार

यसलाई सार्वजनिक गर्ने संस्था सर्च फर कमन ग्राउण्डले यसलाई ‘सुशासन एप’ भनेको छ ।


गतसाता राजधानीमा भएको नेक्स्ट ग्रोथ कन्क्लेभमा यसलाई सार्वजनिक गरिएको हो ।


एपमा विभिन्न सरकारी निकायले दिने सेवा, ति सेवा लिन पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी दिन्छ । संस्थाका कन्ट्री डाइरेक्टर डा. भोलाप्रसाद दाहालले एपले सुशासनको लागि सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


एपमा सुशासनसम्बन्धी टेलिभिजन कार्यक्रम सिंहदरबार र रेडियो कार्यक्रमसम्म समेत हेर्न र सुन्न सकिन्छ । साथै, नेपालको संविधान नेपाली र अंग्रेजी दुवै भाषामा पढ्ने सुविधा छ ।


सर्च फर कमन ग्राउण्डका सञ्चार संयोजक आयूष जोशीले एपले सरकारी सेवा र अन्य जानकारीहरु दिने भएकाले हरेक व्यक्तिको लागि यो उपयोगी हुने बताए ।


प्रकाशित : पुस १५, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?