२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सगुनको मोबाइल एप सार्वजनिक

नयाँ दिल्ली — सामाजिक सञ्जालको क्षेत्रमा उदाइरहेको सोसल कमर्श प्लेटफर्म ‘सगुन’को वहुप्रतिक्षित मोबाइल एप हालै सार्वजनिक भयो । एन्ड्रोइड भर्जनमा उपलब्ध सगुन एप बलिउड नायिका श्रद्धा कपुरले शुभारम्भ गरेकी हुन् । उनलाई अर्की सेलिब्रेटी तथा टिभी पर्सनालिटी मन्दिरा बेदीले साथ दिएकी थिइन् । 

सगुनको मोबाइल एप सार्वजनिक

शुभारम्भ लगत्तै श्रद्धाले हरेक व्यक्तिलाई आफ्नो दैनिकी व्यवस्थित गर्न सगुन एप उपयोगी हुने सुझाइन् । ‘मेरो फिल्मी करिअरको व्यस्त दैनिकीलाई व्यवस्थित गर्न सगुनको एप खुबै काम लाग्ने रहेछ,’ उनले सयौं दर्शकमाझ भनिन्, ‘मेरो न्यू इयर २०१८रिजोलुसनलाई पनि यो उपयोगी भयो ।’ उनको नयां वर्ष संकल्प चाहिँ अझ संगठित र व्यवस्थित योगा गर्ने रहेछ ।


कार्यक्रम सञ्चालक मन्दिरा वेदीले श्रद्धालाई योगा गर्ने उनको दैनिकी सम्झाउन सगुनको ‘माइ डे’ भित्र रहेको ‘रिमाइन्डर’ प्रभावकारी हुने स्मरण गराइदिएकी थिइन् ।


सगुनका संस्थापक गोविन्द गिरीसँग संवादको शैलीमा प्रस्तुत भएकी श्रद्धाले यस्तो उपयोगी एप्स बनाउने सोच कसरी आयो भन्ने प्रश्न पनि गरेकी थिइन् ।


जवाफमा गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्या कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर घोत्लिरहंदा नयाँ प्लेटफर्म सृजना गर्ने सोच आएको बताए।


गिरीले सगुनको यो केवल एप मात्र नभइ सामाजिक अभियान भएको प्रष्टयाए। उक्त अभियानले सामाजिक सञ्चालमा देखिएका नकारात्मक भावहरु कम गर्न मद्दत गर्ने जिकिर गिरीको थियो । यो अहिले अमेरिका, भारत र नेपाललाई जोड्ने सेतुका रुपमा विस्तार भइरहेको पनि उनले बताए ।


भारतका राष्ट्रपिता महात्मा गान्धीको एक भनाइ उद्धृत गर्दै गिरीले भने, ‘अब सगुन विजयतर्फ उन्मुख छ। हिजोसम्म खिसी गर्नेहरु, हावामा उडाउनेहरु, झगडा गर्न आउनेहरु अब हाम्रो विजय हेर्न बाध्य हुनेछन् ।’


प्रकाशित : माघ ५, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?