१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आयो स्वचालितरुपमा फोटो खिच्ने क्यामेरा,  यस्ता छन् विशेषता

दिनेश यादव

काठमाडौँ — गुगलले एउटा स्मार्ट क्यामेरा सार्वजनिक गरेको छ । उक्त क्यामेरा स्वचालित छ । कुन बेला तपाईको तस्बिर खिच्नु पर्छ भन्ने कुरो उसलाई पहिलेदेखि थाहा हुन्छ ।

आयो स्वचालितरुपमा फोटो खिच्ने क्यामेरा,  यस्ता छन् विशेषता

सुन्दा अचम्म लाग्ने यो प्रविधिको प्रयोग गुगलले आफ्नो पछिल्लो क्यामेरा ‘क्लिप’ मा गरेको हो ।

कृर्तिम बुद्धि (एआई) को उपयोग गरि बनाइएको यो क्यामेराको मूल्य २ सय ४९ अमेरिकी डलर तोकिएको छ । यो क्यामेराले भिडियो सुट पनि आफै गर्न सक्ने क्षमता राख्छ ।


यसको अग्रिम बुकिङ शुरु गरिएको छ । कम्पनीका अनुसार यो क्यामेराको डेलिभरी २७ फेब्रुअरीबाट गरिने छ ।यो क्यामेराबारे गुगलले अघिल्लो वर्ष अक्टोबरमा जानकारी दिएको थियो । र, अहिले यसकाे विक्री सुरु गरिएकाे हाे ।


गुगलको ‘क्लिप’ क्यामेराको विशेषता भनेको अवस्था हेरेर आफै एडजस्ट हुने र १३० डिग्री कोणबाट गजबको फ्रेम सिर्जना गर्दै फोटो खिच्न सक्ने हो । क्यामेराले अटोमेटिकली फोटो क्याप्चर गर्नका लागि मोमेन्ट–आईक्यु नामको अफलाईन मेसिन लर्निङ मोडेल र भिजुअल प्रोसेसिङ युनिट(भीपीयु) को प्रयोग समेत गरेको छ ।

यो क्यामराले मानिसको भाव, प्रकाश र फ्रेमिङलाई धेरै स्मार्ट तरिकाले बुझ्ने गर्छ र त्यही अनुसारको दामी तथा स्मरणयोग्य फोटाहरु खिच्न सक्षम भएको कम्पनीले दाबी गरेको छ ।

यो क्यामेराले तपाईले मोबाईलबाट फोटो खिच्न छुटाइएको अवस्थामा पनि फोटो सुरक्षित बनाई दिन्छ । कुनै पनि फोटो मिस गर्दैन । किनभने तपाईको हाउभाउ बुझेरै यो आफ्नो कार्य गर्छ । यो यस्तो क्यामेरा हो, जसलाई कुनै पनि नेटवर्कसाग जोडिनु पर्दैन, मात्र ओपेन गरे पुग्छ ।


क्यामेराले आफ्नो काम गर्न थालिहाल्छ । पछि यसलाई अन्य डिभाइसमा समेत सेयरिङ गर्न सकिन्छ । यो जुनसुकै ठाउामा जतिसुकै बेला पनि उपयोगमा ल्याउन सकिन्छ ।


गुगल क्लिपको विशेषता भनेको यसमा १६ जीबीसम्म फोटोहरु स्टोर गरेर राख्न सकिन्छ । एक पटक चार्ज गरेपछि तीन घन्टासम्म यो क्यामेराले काम गर्छ । क्यामेराको लेन्स बन्द भएको अवस्थामा इन्टेलिजेन्ट नोटिफिकेसन्सको माध्यमबाट तपाईको फोनमा त्यसको जानकारी आफै प्राप्त हुने प्रविधि पनि यसमा प्रयोग गरिएको छ ।


गोरिल्ला ग्लास ३ प्रयोग गरिएको यसमा युएसबी सी, वाई–फाई र ब्ल्युटुथ एलईको डाईरेक्ट कनेक्टीभिटी हुने सुविधा उपलब्ध छ । क्यामेराले एक सेकेन्डमा १५ वटा पिक्चरसम्म खिच्न सक्छ । कम्पनीले यसमा जडान गरिएको सेन्सर कति मेगापिक्सेलको छ, त्यसबारे जानकारी दिएको छैन ।

-एजेन्सीकाे सहयाेगमा

प्रकाशित : माघ १६, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?