कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सरकारले दरबन्दी कटौती गरेको भन्दै सुचना/प्रबिधिका विद्यार्थी आन्दोलित

काठमाडौँ — सरकारले सुचना अधिकृतको दरबन्दी कटौती गरि कम्प्युटर इन्जिनियरको दरबन्दी थप गरेको विषयमा सुचना प्रबिधि सम्बद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । 

सरकारले दरबन्दी कटौती गरेको भन्दै सुचना/प्रबिधिका विद्यार्थी आन्दोलित

सिएसआइटी एसोसिएसन अफ नेपाल, कम्प्युटर साइन्स अल्मुनाइ एसोसिएसन तथा कम्प्युटर साइन्स विद्यार्थी एसोसिएसनले सरकारको उक्त निर्णयकोविरुद्ध आन्दोलनमा उत्रने बताएका हुन् ।


गत बैशाख ४ मा बसेको मन्त्रिपरिषद बैठकले १२ मन्त्रालयका ३४ विभाग तथा विभाग स्तरका निकायहरुको संगठन संरचना र दरबन्दी स्विकृत गर्दै १९ विभागका २९ कम्प्युटर अधिकृतको दरबन्दी कटाएर २१ कम्प्युटर ईन्जिनियरको दरबन्दी थप्ने निर्णय गरेको थियो ।


कम्प्युटर विज्ञान तथा सूचना प्रविधि आल्मुनाइका अध्यक्ष सुशान्त पौडेलले यसअघि स्थानीय तहहरुमा आइटी अफिसर करारमा राख्ने बेलामा पनि यस प्रकारको विषय उठेको र सो समयमा उक्त निर्णय सच्चाइएता पनि पुन: सूचना प्रबिधिक सम्बद्ध विद्यार्थीहरुलाइ मारमा पारेको बताएका छन् ।


कम्युटर इन्जिनियर तथा कम्युटर अधिकृतको कार्य संरचनामा खासै फरक नभएता पनि सरकारले एउटाको दरबन्दी कटौती गरेर अर्कोमा थप गर्नुको कुनै औचित्य नभएको भन्दै सिएसआइटिएनका केन्द्रीय सदस्य सुदीप पौडेलले यो निर्णय नसच्याएमा आफुहरु आन्दोलनमा उत्रने बताए ।


नेपालमा त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुबाट कम्प्युटर बिज्ञान तथा सूचना प्रविधि विषयमा बर्षेनी झण्डै २ हजारभन्दा बढी विद्यार्थी स्नातक एवं झण्डै २०० भन्दा बढी विद्यार्थी स्नातकोत्तर तहमा उत्तिर्ण हुने गरेका छन् । यो विषयको माग दिन प्रतिदिन बढ्दै गएको भएता पनि सरकारले यसको सुधारमा उचित ध्यान नदिएको विद्यार्थीहरुको गुनासो छ ।


प्रकाशित : जेष्ठ ९, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?