२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

टेलिकमको सबै सेवा मोबाइल एपबाटै

काठमाडौँ — नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ ।

टेलिकमको सबै सेवा मोबाइल एपबाटै

टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।


टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।


नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ । टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।


यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।


एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।


प्रकाशित : जेष्ठ २७, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?