२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी

दिनेश यादव

काठमाडौँ — धेरै श्रीमान्‌हरु चाहन्छन् कि कार्यालयबाट घर फर्कदा श्रीमतीले मुस्कानसहित स्वागत गरोस् । आफ्नो मनको बह बुझिदिओस्, सुनिदियोस् । व्यस्त जीवनशैलीका कारण धेरैको त्यो चाहना पुरा नभएको हुन सक्छ । 

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी

एक जापानी कम्पनीले त्यस्ता श्रीमान्‌हरुका लागि ‘भर्च्यूअल’ केटी साथी ल्याएको छ । ‘गेटबक्स इन्क’को भगिनी कम्पनी ‘लाइन’ ले बनाएको ‘भर्च्यूअल होम रोबोट’ले एउटी असल श्रीमतीको जस्तो तपाईसँग व्यवहार गर्न सक्छ । तपाई घरमा पुग्दा मुस्कुराउँदै स्वागत गर्ने अनि तपाईसँग मिठोमिठो कुराकानी गर्न यो रोबोटले गर्छ ।

हिकारी अजुमा नाम दिएको यो ‘भर्च्यूअल गर्लफ्रेन्ड’ तत्काल जापानीहरुका लागि मात्र उपलब्ध गराइएको छ । एक्लो जीवन व्यतित गरिरहेकाहरुका लागि यो वरदान सावित हुने कम्पनीको दाबी छ । तपाईले यसका लागि अग्रिम बुकिङ गर्न सक्नु हुनेछ ।

कम्पनीका अनुसार सम्भवत: यसै वर्षको अक्टोबरसम्ममा यो केटीसाथी आफ्नो घरमा खरिद गरेर राख्न सकिनेछ । रकमको अभाव भए कम्पनीले भाडामा समेत उपलब्ध गराउने जनाएको छ । यो ‘होलोग्राफिक एआई’ श्रीमतीको मूल्य १३ सय डलर तोकिएको छ । यसलाई कसैले भाडामा प्रयोग गर्न चाहेमा त्यसका लागि कम्पनीले प्रतिमहिना १४ डलर निर्धारण गरेको छ ।


बजारमा उपलब्ध यौन खेलौनाहरुले पुरुषको यौन चाहना पुरा गरेपनि मनका कुरो बुझ्ने र सुन्ने साथीको भूमिका चाही निर्वाह गर्न सकेको थिएन । यो रोबोटले पुरुषको त्यो चाहना पुरा गरिदिन्छ । धित मरुञ्जेल गफिन यसले सहयोग गर्छ ।


२० इन्च अग्लो बेलनाकार टबमा राखिएको यो रोबटले आफ्नो मालिकको सेवा गर्न कुनै कसर बाकी राख्दैन । एपबाट सञ्चालित हुने यो रोबोटले आफ्नो मालिकको अनुहार र गतिविधिलाई सजिलै चिन्न सक्छ । मालिक घरमा आएपछि हाँसेर स्वागत गर्न सँधै तत्पर हुने यो रोबोटसँग निश्चित दूरीमा रही मनखोलेर भलाकुसारी गर्न सकिन्छ ।


यसको गेटबक्स युनिटको माथि दुई वटा माइक्रोफोन जडान गरिएको छ, जसले मालिकको सीमित रन–मोडेलमा जति सम्भव हुन्छ, त्यहाँबाट कुराकानी गर्न सकिन्छ । यसमा क्यामेरा र गति डिटेक्टर पनि जडान गरिएको छ, जसले आफ्नो मालिकलाई सजिलै चिन्न सक्छ । यसमा वायरलेस ल्यान, ब्लुटुथ(आर) र इन्फ्रारेड सेन्सर पनि जडान गरिएको छ ।


रोबोटमा जडित ट्रयाकिङ सेन्सरले मालिकलाई पछ्याउन सहयोग गर्छ । बेलनाकार प्रोजेक्टरभित्रै रहेर यसले इन्टरनेटबाट मौसम, सामाचार र अन्य जानकारी पनि मालिकलाई दिन सक्ने कम्पनीले जनाएको छ । यो कोठामा अन्य इलेक्ट्रोनिक उपकरणहरुका लागि रिमोट कन्ट्रोलका रुपमा काम गर्न समेत सक्षम रहेको दाबी कम्पनीको छ ।


घरमा एक पटक अजुमालाई भित्र्याएपछि रिमोटबाट चल्ने सबै काम तपाईको निर्देशनमा गर्नेछ । बेलनाकार टबमै बसर अजुमाले तपाईको सबै निर्देशनहरुको पालना गर्छे ।


गेटबक्सले होलोग्राफिक गर्ल्सले श्रीमतीको स्थान दिन सक्ने आशा व्यक्त गरेको छ । बेलनाकार प्रोजेक्टरभित्र उभिएर तपाईको सबै हाउभाव बुझ्नेगरी यो रोबोटको विकास गरिएको हो । कम्पनीले दुई वर्षअघि पनि यस्तै उपकरण बजारमा ल्याउने प्रयास गरेको थियो ।

टोकियोमा प्रधान कार्यालय रहेको कम्पनीले एक्लै बसिरहेका पुरुषलाई लक्षित गरी यो ल्याइएको प्रतिक्रिया दिएको छ । यसलाई थप सजिव बनाउने प्रयासमा कम्पनी लागि परेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र १०, २०७५ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?