२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विद्युतीय सामग्रीको प्रदर्शनी अर्को साता

काठमाडौँ — नेपाल विद्युतीय व्यवसायी महासंघले पुस ६ मा राजधानीमा ‘निक इलेक्ट्रो टेक २०१८’ आयोजना गर्ने भएको छ । 

विद्युतीय सामग्रीको प्रदर्शनी अर्को साता

विद्युत् तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि यो प्रदर्शनी गर्न लागेको जारी विज्ञप्तिमा छ । महासंघको यो नवौं संस्करणमा बृहत् प्रदर्शनी एवं गोष्ठीको समेत आयोजना हुने जनाएको छ ।


आयोजकका अनुसार प्रदर्शनीको यस वर्षको नारा ‘आर्थिक समृद्धिको संवाहक– ऊर्जा’ तय गरिएको छ । ‘निक इलेक्ट्रो टेक २०१८’ मा हलभित्र ५१ वटा ब्लक र हल बाहिर २६ वटा स्टल गरी जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरू रहने जनाएको छ ।


नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीहरूका उत्पादनहरू, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जाआपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?