आक्रमणमा ४० मारिए

दमास्कस — सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडलिबमा मंगलबार भएका शृंखलाबद्ध हवाई आक्रमण तथा विस्फोटका कारण ४० जनाको मृत्यु भएको छ । सोमबार एक सानो विद्रोही समूहको मुख्यालयमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा ४० मारिए

इडबिल विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिममा पर्ने इडबिल विद्रोहीको नियन्त्रणमा रहेको सहर हो ।


त्यसैगरी, सिरियाली र रूसी सेनाको संयुक्त हवाई टोलीले गरेको आक्रमणमा थप १५ जनाको मृत्यु भएको हो । इडबिलको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने सिन्जर सिरियाली सेनाले नियन्त्रणमा लिएको जनाएलगत्तै आक्रमण भएको हो । सेनाले उनीहरू सन् २०१५ मा विद्रोहीले नियन्त्रणमा लिएको अबु अल–जुहोरतर्फ अगाडि बढेको जनाएको छ ।


बेलायती मानव अधिकारवादी संस्था ‘अब्जरभेटरी फर हयुमन राइट्स’ ले मृत्यु हुनेहरूमा ४ बालबालिका, ११ महिला छन् । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका कारण दर्जनौं भवन र गाडीहरू क्षतिग्रस्त भएका छन् ।


सिरियाली सेनाले सन् २०१५ मा भएको भीषण युद्धपछि उक्त क्षेत्रको नियन्त्रण गुमाएको हो । त्यसयता उनीहरूबीच पटक–पटक भिडन्तहरू भएका छन् ।

प्रकाशित : पुस २६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?