होन्डुरसमा ७.६ म्याग्निच्युडको भूकम्प

एजेन्सी

काठमाडौँ — होन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रविन्दु ग्रेट स्वान द्वीपबाट करिव ४४ किलोमटिर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ।

हन्डुरसको सङ्कटकालीन व्यवस्थापन निकाय (सिओसिइसिओ) ले तीनवटा विभिन्न तटीय जिल्लालाई लक्ष्यगरी सुनामीको चेतावनी दिइएको पनि युएसजिएसले जानकारी दिएको छ।

युएसजिएसका अनुसार स्थानीय समयाअनुासार मंगलबार राति १० बजेर ५१ मा सो भूकम्प गएको थियो। रातिको समयमा गएको यस भूकम्पबाट नागरिकमा ठूलो त्रास छाएको बताइएको छ।

मेक्सिको, जमाइका, हन्डुरस क्युबा, कोस्टारिका र यसको वरिपरिका क्षेत्रमा पनि उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको बताइएको छ।

प्रकाशित : पुस २६, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रत्ननगर, चितवन — मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नंको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नंको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नं ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

बुधबार बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार सोही गाउँपालिका वडा नं ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नं ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

ट्रक र बस दुबै सडकबाट करिब ५०÷६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ ।

प्रकाशित : पुस २६, २०७४ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT