बालिकाको हत्यापछि हिंसात्मक प्रदर्शन

इस्लामाबाद — पाकिस्तानको कसुर जिल्लामा एक बालिकाको बलात्कारपछि हत्या भएको घटनापछि हिंसात्मक प्रदर्शन सुरु भएको छ । त्यस क्रममा एक जनाको मृत्यु भएको छ । 

मंगलबार बेपत्ता भएकी ८ वर्षीया बालिकाको शव घरबाट दुई किलोमिटर टाढा फोहोरको थुप्रोमा फेला परेको थियो । उक्त घटनापछि कसुर जिल्लामा प्रदर्शन भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा केही मानिस मारिएको आशंका छ । तर यसको पुष्टि भएको छैन । प्रहरीले दोषीको खोजीका लागि
२ सयभन्दा बढी अधिकृतखटिएका छन् ।

Yamaha

लाहौर उच्च न्यायालयले स्थानीय प्रशासनसँग घटनाबारे विस्तृत रिपोर्टमा मागेको छ । पन्जाब प्रान्तका मुख्यमन्त्री सहबाजसरिफले पनि घटनाका बारेमा जानकारी लिएका छन् । उनले
आफ्नो ट्वीटमा यस घटनाबारेमा सुरक्षा अधिकारीहरूसँग वार्ता गरेको र दोषी पत्ता लगाएर कडाकारबाही गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।
बालबालिकाको अपहरणपछि हत्या गरिएका यस्ता घटना अरू पनि भएको प्रहरीले जनाएको छ । यस्तो घटनामा एकै व्यक्तिको हात रहेको हुन सक्ने प्रहरीको आशंका छ । यो घटनापछि पाकिस्तानमा सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखिएका छन् । ‘जस्टिसफरजैनाव’ हयासटयागका साथ विश्वभरबाट डेढ लाखभन्दा बढी ट्वीट भएका छन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अनुपमका कथाहरु

कान्तिपुर संवाददाता

काठमाडौँ — अझै पनि हाम्रो समाजमा यौनबारे खुलेर कुरा गर्ने व्यक्तिलाई असभ्य मानिन्छ । यसैलाई विषय बनाएर लेख्नेहरू पनि कमै भेटिन्छन् । केही वर्षअघि ‘कुमारी आमा’, ‘नांगो मान्छे’, ‘कालो छाया’ जस्ता उपन्यास लेखिकी अनुपम रोशीले यौन मनोविज्ञानलाई पछिल्लो चोटि पनि निरन्तरता दिने आँट गरेकी छन् । प्रेम र यौन मनोविज्ञानलाई नै समेटेर उनले लेखेका कथाहरूको संग्रह आएको छ ।

‘मध्यान्तर’ राजधानीमा बुधबार वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, समालोचक रजनी ढकाल र केशव सिग्देल लगायतले लोकार्पण गरे । नेपाली साहित्यमा ‘प्रेम र यौन सम्बन्ध के हो ?’ भन्ने विषयमा उचित बहसै नभएको पाठकले बताए । ‘हाम्रो समाजमा यौनसम्बन्धी दुई धारणा छन्– एउटा नैतिक ठानिने र अर्काे अनैतिक ठानिने,’ उनले भने, ‘तर यतिमै प्रेम र यौनको परिभाषा गर्नु ठीक हैन । किनकि जीवन र हामीले मान्दै आएको मान्यताबीच ठूलो खाडल छ । लेखिका रोशीका कथाहरूमा पनि यिनै सामाजिक मान्यताले हस्तक्षेप गरेको देखिन्छ ।’
रोशीका कथाहरू ‘मोडर्न फोकलोर जस्तै लागेको’ ठकुरीले टिप्पणी गरिन् । उनले भनिन्, ‘प्रमाणसहितका कथाहरू रचना गरेर समाजको सुन्दर तरिकाले चित्रण गरेकी छन् उनले ।’
ढकालले रोशीलाई ‘मनोविश्लेषणात्मक लेखक’ का रूपमा व्याख्या गरिन् । ‘मानिसको वैयक्तिक स्वतन्त्रता, बहुलताको चिन्तन, पहिचानको कुरा, जीवनका विसंगतिलाई रोशीले अनौठो ढंगले कथामा उतारेकी छन्,’ उनले भनिन्, ‘यो कृतिको अनुवाद भयो भने अन्तर्राष्ट्रिय पाठकको ध्यान यो पुस्तकले तान्न सक्छ ।’
सिग्देलले यौन र मानवीयसंवेदनालाई समेटेर कथाहरू लेखे पनि अश्लीलतालाई टाढा राख्न रोशी सफल भएको दाबी गरे ।

प्रकाशित : पुस २७, २०७४ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT