सात वर्षीय बालिकाको बलात्कारपछि हत्याको विरोधमा देशव्यापी प्रदर्शन

रासस/सिन्ह्वा

इस्लामावाद — पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ । 

स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो ।

Yamaha


बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल पर चार दिनपछि भेटिएको थियो ।

उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पञ्जावमा आन्दोलन भएको थियो ।

हत्याराई भेटेर झुण्डाएर मार्नुपर्ने मागगर्दै पाकिस्तानका विभिन्न सहरमा दैनिकजसो विरोध हुदै आएको छ । प्रदर्शनकारीहरुले बालबालिकामाथि हुने गरेका यस्ता हिंसाको घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही माग गरिरहेका छन् ।

उनलाई बारम्बार बलात्कार गरेर हत्या गरिएको देखिएको प्रतिवेदन प्रहरीले दिएको थियो । त्यस घट्नाले पाकिस्तान स्तब्ध भएको बताइएको छ ।

हत्यारा पत्ता नलाग्दासम्म ती बालिकाको अन्त्येष्टि नगरिने उनका बुबाले अडान लिएका छन् । आज चौथो दिन पनि पाकिस्तानका विभिन्न सहरमा विरोध प्रदर्शन जारी छन् र उनीहरुले हत्यारा पत्ता लगाएर उसलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेका छन् ।

प्रकाशित : पुस २७, २०७४ १६:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बिनाविभागीय बनेको चार महिनापछि माओवादी मन्त्रीहरु राजीनामा दिँदै

राजीनामा पत्र आजै प्रधानमन्त्रीलाई बुझाइने 
कान्तिपुर संवाददाता

काठमाडौँ — झण्डै चार महिनादेखि बिनाविभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले बिहीबार राजीनामा दिने भएका छन् । साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी भइरहेको मन्त्रीहरुले जनाएका छन् ।



सत्ता साझेदार रहेकै बेला माओवादी केन्द्र एमालेसँगको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका थिए।

उनीहरुलाई विनाविभागीय भूमिकामा राखे पनि माओवादी मन्त्रीहरु राजीनामा नदिइकन बसेका थिए। ‘चुनाव नै केही गडबढ होला कि भनेर हामी राजीनामा नदिइ बसेका थियौं’ बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले कान्तिपुरसँग भने,‘अब राष्ट्रियसभा समेतको चुनाव सुनिश्चित भइसकेकाले छोड्दा पनि हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं।’ उनका अनुसार केही मन्त्रीहरु प्रदेश सांसदको रुपमा निर्वाचिन भइसकेकाले अब तत्कालै प्रदेशसभा गठन र त्यहाँको सरकारको समेत तयार गर्नुपर्ने भएकाले सरकारबाट बाहिरिन लागिएको हो।

प्रधानमन्त्रीको राजीनामा माग्दै आएको वाम गठबन्धनले आफैं चाहिँ विनाविभागीय मन्त्रीको रुपमा पदमा बसिरहेकोमा आलोचना भएको थियो। एमालेले पनि छिटो मन्त्रीहरुलाई हटाउनका लागि माओवादीलाई दबाब दिइरहेको थियो। कांग्रेस नेतृत्वको सरकारमा उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नौ जना मन्त्री, सात राज्यमन्त्रीसहित १६ जनामा सहभागी थिए।

नेपका संयुक्तबाट प्रतिनिधित्व गर्ने मिथिला चौधरीलाई भने बिनाविभागीय बनाइएको थिएन। यो पार्टी हाल माओवादीमै समाहित भइसकेको छ। बिनाविभागीय बनाइएपछि पनि माओवादी मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा भने सहभागी हुने गरेका थिए। उनीहरुले सरकारी सेवा सुविधा पनि प्रयोग गरिरहेका थिए।

प्रकाशित : पुस २७, २०७४ १६:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT