२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पहिरोले मर्ने १७ पुगे

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा बुधबार भएको भीषण वर्षापछिको पहिरोमा परी मर्नेको संख्या १७ पुगेको छ । अधिकारीका अनुसार अझै डेढ दर्जन हराइरहेका छन् । हालसम्म उद्धार गरिएका २८ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । 

पहिरोले मर्ने १७ पुगे

सान्टा बार्बारा काउन्टीमा गएको उक्त पहिरोका कारण कम्तीमा एक सय घर पूर्णरूपमा ध्वस्त भएका छन् । ३ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको जनाइएको छ । अधिकारीका अनुसार उक्त क्षेत्रमा कम्तीमा एक सय उद्धारकर्ताहरूले भग्नावशेषमा हराइरहेका मानिसको खोजीकार्य जारी राखेका छन् ।


‘हामीले अझै पनि निकै तदारुकतासाथ उद्धार कार्य जारी राखेका छौं,’ आगलागी सेवाका प्रवक्ता क्रिस एल्म्सले भने । उनले मृतकको संख्या बढ्न सक्ने बताए । सान्टा बार्बारा काउन्टीका प्रवक्ता अम्बेर एन्डरसनले भने, ‘यो निकै नै भयावह अवस्था हो । हराइरहेका मानिस जीवितै फेला पर्नेमा हामी अझै आशावादी छौं ।’

प्रकाशित : पुस २८, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?