कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अब्बासद्वारा ट्रम्पको आलोचना

बीबीसी

रमल्लाह — प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण मध्यपूर्व शान्ति प्रयास जोखिममा परेको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । रमल्लाहमा विभिन्न राजनीतिक गुटको दुई दिने बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

अब्बासद्वारा ट्रम्पको आलोचना

जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयबारे औपचारिक धारणा तय गर्न प्यालेस्टाइनको केन्द्रीय परिषद्ले बैठक आयोजना गरिएको हो । उक्त बैठकमा बोल्दै अब्बासले इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापित गर्ने प्रयासमाथि ट्रम्पको घोषणाले ‘झापड’ हानेको बताएका हुन् ।

बैठकले ओस्लो शान्ति सम्झौता रद्द गर्ने र इजरायलसँगको सुरक्षा समन्वय अन्त्य गर्ने विषयमा छलफलसमेत गरेको छ । प्यालेस्टाइनले इजरायलले उक्त सम्झौतामा व्यक्त गरिएका प्रतिबद्धताबाट इजरायल पछि हटिरहेको दाबी गर्दै आएका छन् ।

उनीहरूले अब मध्यपूर्वमा शान्ति स्थापना गर्ने कार्यमा अमेरिकाले मध्यस्तता गर्न नसक्ने बताए । राष्ट्रपति अब्बासले त्यसका लागि राष्ट्रसंघ र अन्य तटस्थ राष्ट्रको सहयोगको खाँचोसमेत औंल्याएका छन् ।

तर कतिपय विश्लेषकहरूले उक्त बैठकले कुनै गम्भीर निर्णय गर्नेमा भने आशंका व्यक्त गरेका छन् । किनभने त्यस्ता कदमले नयाँ कूटनीतिक प्रयासलाई संकटमा पार्न सक्ने सम्भावना छ । प्यालेस्टाइनमा केन्द्रीय परिषद्ले नीतिगत सुझाव दिने व्यवस्था रहेको छ ।

त्यहाँ पीएलओ भनिने प्यालेस्टाइनको उच्चस्तरीय निकायको कार्यकारी समितिले अन्तिम निर्णय गर्ने गर्छ । अधिकारीले बैठकमा सबै प्यालेस्टाइनी समूहलाई बोलाइएको जनाए पनि

हमास र इस्लामिक जिहाद भने अनुपस्थित थिए ।

प्रकाशित : माघ २, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?