कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माणाधीन पुल खस्दा ९ को मृत्यु

बीबीसी

बोगाटा — कोलम्बियाको चिरजारामा मंगलबार एक निर्माणाधीन पुल भत्किँदा कम्तीमा ९ कामदारको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएको अधिकारीले जनाएका छन् । 
उक्त पुल भिल्लाभिसेन्सियो सहरलाई राजधानी बोगाटासँग जोड्ने राजमार्गमा निर्माण गरिँदै थियो ।

घटनास्थलबाट प्राप्त तस्बिरमा करिब ४ सय ५० मिटर लामो पुलको अधिकांश भाग खसेको देखिएको छ । यातायात मन्त्री जर्मन कार्डोनाले घटना दु:खद भएको बताए । उनले घटनाबारे छानबिन गरिने बतानए । घाइतेमध्ये एक कामदार लुइस अल्भाराडोले भने, ‘सबै जना पुल खस्यो भन्दै चिच्याउँदै थिए । म के गर्ने भनेर आत्तिँदा आत्तिँदै मेरो टाउकोमा केहीले हानेको महसुस भयो ।’

निर्माण अधिकारीले भाग्यवश घटनाका समयमा सुरक्षा ब्रिफिङ भइरहेकाले कम मात्र मानवीय क्षति भएको बताए । उनका अनुसार उक्त पुल राजधानी बोगाटालाई पूर्वी क्षेत्रसँग जोड्ने सरकारको महत्त्वांकाक्षी योजनाको एक अंश हो । उक्त योजनामा १८ वटा सुरुङ र ४२ वटा पुल निर्माण तथा नयाँ प्रविधिको बिजुली बत्ती र सीसीटीभी क्यामेरा जडान गरिँदै छ । निर्माण कार्यका लागि कोलम्बियन इन्भेस्टमेन्ट कर्पोरेसनको स्वामित्वको कोभिन्डेसलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?