कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोली प्रहारमा ७ बौद्धमार्गीको मृत्यु

बीबीसी/एएफपी

याङ्गुन — म्यान्मारको राखिन राज्यमा बौद्धमार्गीहरूले निकालेको र्‍यालीमा प्रहरीले गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ । 

प्राचीन अर्खान राज्य ढलेको अवसरमा हरेक वर्ष गरिने स्मरण कार्यक्रममा प्रतिबन्ध लगाइएको विरोधमा म्राउक युमा निकालिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । उक्त प्रदर्शनमा राखिनका ४ हजार आदिवासी बौद्धमार्गी सहभागी थिए । त्यस क्रममा कैयौं घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले सुरुमा भीड तितरबितर पार्न रबरका गोली प्रहार गरेकोमा प्रदर्शनकारी उत्तेजित भई ढुंगामुडा गर्न थालेपछि घातक गोली नै प्रहार गरेको थियो । रोहिंग्या मुसलमान समुदायको बलियो प्रभाव रहेको राखिन राज्यबाट ६ लाखभन्दा बढी रोहिंग्या भागेर बंगलादेश पुगेका छन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?