उत्तर र दक्षिण कोरिया एकै झन्डामुनि

बीबीसी

सोल — उत्तर र दक्षिण कोरिया आगामी महिना हुने शीतकालीन ओलम्पिकमा पहिलो पटक एकीकृत झन्डामा मार्च गर्न सहमत भएका छन् । दुई कोरिया विभाजनको सात दशकमा पहिलो पटक उनीहरू एकीकृत झन्डामुनि आबद्ध हुन सहमत भएका हुन् ।

उनीहरूले महिलातर्फको आइस हक्की टिम पनि संयुक्त बनाउने भएका छन् । सीमावर्ती पान्मुन्जोममा भएको द्विपक्षीय वार्तापछि दुवै देशबीच यस्तो सहमति भएको हो ।

शीतकालीन ओलम्पिक दक्षिण कोरियाको प्योन्चाङमा आगामी फेब्रुअरी ९ देखि २७ सम्म हुँदै छ ।

ओलम्पिकमा भाग लिन उत्तर कोरियाका तर्फबाट एक सय जनाको टोलीका साथ २

सय ३० जना चियरहोल्डर, १ सय ४० सदस्यीय अर्केस्ट्रा र ३० तेक्वान्दो खेलाडी स्थलमार्गबाट प्योन्चाङ पुग्नेछन् ।

तर दक्षिण कोरियाका पुरातनवादी अखबारहरूले संयुक्त हक्की टिम निर्माण हुँदा दक्षिण कोरियाको पदक जित्ने अवसर गुम्ने बताउन थालेका छन् ।

दसौं हजार मानिसले राष्ट्रपति मुन जायलाई यो योजना स्थगित गर्न अनलाइनमार्फत आग्रह गरिरहेका छन् । स्विजरल्यान्डमा शनिबार बस्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकले यो योजना स्वीकृत गर्नुपर्नेछ ।

प्रकाशित : माघ ४, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?