१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अमेरिकाद्वारा प्यालेस्टाइनलाई सहयोग रोक्का

एएफपी

वासिङ्टन — अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगको आधा रकम रोक्का गरेको छ । 
राष्ट्रसंघको एक निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको उक्त रकम एकतर्फी रूपमा रोकेको हो । अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौं मानिसलाई असर गर्ने राष्ट्रसंघीय एक अधिकारीले जनाएका छन् । 

अमेरिकाले प्यालेस्टाइनलाई सहयोग गर्दै आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्ता स्वरूप दिनुपर्ने ६ करोड ५० लाख रोक्ने निर्णय गरिएको जनाएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरूलाई दिँदै आएको सहायता रकम रोक्न सकिने बताएका थिए । उनले प्यालेस्टाइनले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा अमेरिकी सहायता कटौती गर्न सकिने बताएका थिए । त्यही प्रस्तावअनुसार अहिले यो निर्णय आएको जनाइएको छ । आइतबार गरिएको यस निर्णयपछि प्यालेस्टाइनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना पनि गरेका छन् ।

गत डिसेम्बर ६ मा ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा प्रस्ताव गरेपछि प्यालेस्टाइनी उक्त निर्णयको विरोधमा उत्रिएका हुन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?