बन्दुक नियन्त्रण गर्न माग

फ्लोरिडा गोलीकाण्ड 
बीबीसी

फ्लोरिडा — अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा गतसता भएको गोलीकाण्डमा बाँच्न सफल विद्यार्थीहरूले अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । साथै उनीहरूले त्यसका लागि कडा कानुन बनाउन दबाब दिने उद्देश्यले वासिङ्टनमा राष्ट्रिय र्‍याली आयोजना गर्ने भएका छन् । 

गत बुधबार फ्लोरिडास्थित मार्जोरी स्टोनम्यान डग्लस विद्यालयका पूर्वविद्यार्थी निकोलस क्रुजले गरेको आक्रमणमा १७ जनाको ज्यान गएको थियो । मारिनेमा १४ जना उक्त विद्यालयका विद्यार्थी थिए ।


फ्लोरिडाको पार्कल्यान्डस्थित विद्यालयका विद्यार्थीहरूले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने विषयमा भइरहेको बहसलाई निर्णायक बिन्दुमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीहरूले आगामी मार्च २४ का दिन वासिङ्टनमा ‘हाम्रो जीवनका लागि र्‍याली’ नामक राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुक राख्न पाउने पक्षमा वकालत गर्ने राजनीतिज्ञलाई लज्जित बनाउन र्‍यालीको आयोजना गरिन लागेको उल्लेख गरेका छन् । घटनाको विरोधमा आयोजित कार्यक्रमा घटनामा बाँच्न सफल एक छात्राले सामूहिक गोली प्रहारको घटना भएको विद्यालय नै अन्तिम ठाउँ हुने बताइन् । एक विद्यार्थीले ‘नेसनल राइफल एसोसिएसन’ बाट राष्ट्रपतिले कति रकम प्राप्त गरे भनेर प्रश्न सोधेकी छन् । यसयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त भाषणमा एम्मा गोन्सालेसले आफू र आफ्ना साथीहरू अमेरिकाको बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा परिवर्तन ल्याउन प्रतिबद्ध भएको बताइन् ।


बुधबार हमला गर्ने १९ वर्षीय निकोलस क्रुजले आक्रमणमा आफूले प्रयोग गरेको अर्ध स्वचालित राइफल कानुनी रूपमै किनेको स्विकारेका छन् ।


आफ्ना सहपाठी गुमाएका एक जना १६ वर्षे किशोरले राष्ट्रपति ट्रम्पलाई क्रूर व्यक्ति भएको बताए । अफ्नो चुनावी अभियान र रूसबीचको साँठगाँठको विषयमा व्यस्त रहेकाले उसले घटनाबारे पूर्वसंकेत प्राप्त गरेको भए पनि एफबीआई रोक्न नसकेको ट्रम्पले दाबी गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?