कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फ्लोरिडा गोलीकाण्डसँगै ट्रम्पले लगाए ‘बम्प स्टक’ मा प्रतिबन्ध

बम्प स्टकले सामूहिक गोली काण्ड मच्चाउन सहयोग गर्ने भनाई
बीबीसी

अमेरिका — बन्दुकमा प्रयोग गरिने ‘बम्प स्टक’ (एकप्रकारको अत्याधुनिक उपकरण)को खरिदविक्रीमा रोक लगाउँदै अमेरिकाले यसलाई अवैधानिक घोषणा गरेको छ ।

फ्लोरिडा गोलीकाण्डसँगै ट्रम्पले लगाए ‘बम्प स्टक’ मा प्रतिबन्ध

स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्ता उपकरण अर्ध स्वचालित बन्दकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट मिनेटभरमै सयौं राउण्ड फायर गर्न सकिन्छ । ‘सेमी असल्ट राइफल’हरुमा प्रयोग गरिने यस्ता ‘बम्प स्टक’का कारण अमेरिकाममा सामूहिक गोलीबारी हुने गरेको छ ।

गत वर्ष लसभेगासमा यस्तै उपकण जडित राइफलको प्रयोग गरेर सामूहिक गोलाबारी भएको थियो । जसका कारण ५८ जनाले ज्यान गुमाएका थिए । कुनै फौजदारी अभियोग नलागेका अमेरिकी नागरिकले सय डलरमा बम्प स्टक किन्न पाउँथे ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ‘बम्प स्टक’लाई मान्यता नदिने निर्णय गरेसँगै यसको खरिदविक्री अवैध भएको छ ।


केही सातअघि फ्लोरिडा राज्यस्थित एक स्कुलमा गोलीबारी हुँदा १७ विद्यार्थी तथा शिक्षकहरुले ज्यान गुमाएका थिए । फ्लोरिडाको गोलीकाण्डसँगै अमेरिकामा आमनागरिकले हतियार राख्न पाउने कानुनको पुनर्रावलोकन हुनुपर्ने माग जोडतोडका साथ पुन: उठेको छ । हतियार राख्न पाउने अमेरिकी कानूनको विषयलाई लिएर तीव्र आलोचना बढेपछि ट्रम्प प्रशासनले ‘बम्प स्टक’ राख्न नपाइने नियम लागू गरेर यो विषयलाई केही मथ्थर पार्ने कोशिस गरेको छ । यसलाई अमेरिकी सिनेटले पनि साथ दिने बताइएको छ ।


प्रकाशित : फाल्गुन ९, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?