२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

कान्तिपुर संवाददाता

काबुल — अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । 

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।


बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ ।


घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित : फाल्गुन १०, २०७४ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?