२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘सशस्त्र शिक्षकले आक्रमण रोक्न सक्छन्'

विद्यालय गोलीकाण्ड
बीबीसी

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयमा हुने गोली आक्रमण निस्तेज पार्न सशस्त्र शिक्षकको व्यवस्था गर्नुपर्ने बताएका छन्। 

‘सशस्त्र शिक्षकले आक्रमण रोक्न सक्छन्'

गत साता फ्लोरिडाको मार्जोरी स्टोनम्यान डगलस विद्यालयमा भएको गोलीकाण्डमा बच्न सफल विद्यार्थीहरूसँगको भेटमा ट्रम्पले ‘बन्दुकसहितका शिक्षक तथा कर्मचारीले मात्र आक्रमणको छिट्टै अन्त्य गर्न सक्ने’ बताए। ट्रम्पले बन्दुकसम्बन्धी कानुनको सुधार तथा कडाइबारे ४० विद्यार्थी, शिक्षक र विद्यार्थीका परिवारको आग्रह सुनेका थिए। उनहरूमध्ये कतिपयले ट्रम्पको शिक्षकलाई बन्दुक उपलब्ध गराउने व्यवस्थाको समर्थन गरेका थिए।


तर गतसाता फ्लोरिडा गोलीकाण्डमा ज्यान गुमाएका डयानियलका पिता मार्क बार्डेनले ‘बन्दुक मात्रै समस्याको समाधान नभएको’ बताए। उनले भने, ‘विद्यालयमा कसैले पनि बन्दुक आक्रमण हेर्न नचाहेको बताए।’


गत फेब्रुअरी १४ मा विद्यालयका पूर्वविद्यार्थी निकोलस क्रुजले गरेको आक्रमणमा १७ जनाको ज्यान गएको थियो। मारिनेमध्ये १४ विद्यार्थी थिए। राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूसँग बोल्दै ट्रम्पले बन्दुक खरिदकर्ताको पृष्ठभूमिबारे कडाइ गर्ने आश्वसनसमेत दिए। ‘हामी पृष्ठभूमिको जाँचबारे निकै कडाइ गर्नेर्छाँै। खासगरी उसको मानसिक अवस्थालाई ध्यान दिनेछौँ,’ ट्रम्पले भने, ‘यो विगतमा जस्तो कुरामा मात्रै सीमित हुने छैन।’


तर राष्ट्रपति ट्रम्पले अमेरिकामा लामो समयदेखि बन्दुकको पक्षमा वकालत गर्दै आएको नेसनल राइफल एसोसिएसनको प्रस्तावलाई समेत समर्थन जनाएका थिए। उनले आफूले शिक्षकलाई बन्दुक दिने व्यवस्था गरिए उनीहरूले कुनै पनि आक्रमणलाई तत्कालै निस्तेज पार्न सक्ने दाबी गरे। हाल अमेरिकाका करिब एक दर्जन राज्यले विद्यालय हाताभित्र बन्दुक लैजाने अनुमित दिइसकिएको छ। तर फ्लोरिडाले भने हालसम्म यस्तो व्यवस्था गरेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला आफू कक्षाकोठामा बन्दुक लैजान दिने पक्षमा रहेको बताएका थिए।

फ्लोरिडाको विद्यालयमा गतसाता भएको आक्रमणपछि विद्यार्थीहरूले अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने विषयमा जारी बहसलाई निर्णायक बिन्दुमा पुर्‍याएरै छाड्ने बताउँदै आएका थिए। उनीहरूले आगामी मार्च २४ मा वासिङ्टनमा र्‍यालीको आयोजना गर्ने बताएका छन्।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?