कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डन स्टक मार्केटको सूचांक इतिहासमै उच्च

लन्डन — लन्डन स्टक मार्केटको सूचांक सोमबार बिहान रेकर्ड अंकले बढेको छ । यस हप्ताको पहिलो दिनको पहिलो घन्टाको कारोबारमा लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको शेयर सात हजार ८ सय २२ भन्दा बढि नाघेको हो ।

लन्डन स्टक मार्केटको सूचांक इतिहासमै उच्च

सोमबार ७ हजार ८ सयभन्दा बढि अंकले पहिलाको सबै रेकर्ड तोडेको छ ।


७ हजार अंकको घेरा नाघेपछि मनोवैज्ञानिक हिसाबले लगानीकर्तामा थप उत्साह आउने ऐतिहासिक तथ्य रहेको विश्लेषकहरुले बताउँदै आएका छन् ।


इयू बहिर्गमनपछि बेलायतको अर्थतन्त्रमा भइरहेको उतारचढाव र अस्थिरताबीच यस हप्ताको सुरुमा भने लन्डन स्टक मार्केटमा उत्साह थपिएको हो ।


लगानीकर्ताहरुमा उत्साह र लन्डन स्टक मार्केट यति धेरै बढ्नुको कारण अमेरिका तथा चीनबीच जारी व्यापार तनाव कम हुने अमेरिकी सरकारको घोषणाले महत्वपुर्ण भूमिका निर्वाह गरेको लन्डनस्थित अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्य बताउँछन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना अघि बढ्दो अमेरिकी व्यापार घाटा कम गर्न चिनियाँ समानमा अतिरिक्त शुल्क (टारिफ) लगाउने चेतावनी दिएका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?