१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

रासस/एएफपी

वासिङटन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताएका छन्  ।  

ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

किमलाई बिहीबार एक पत्र पठाउँदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराएका हुन् ।


उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन् ।


'दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरुका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु,' ट्रम्पले पठाएको पत्रमा लेखिएको छ ।


यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?