२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘चीनसँग इतिहासकै राम्रो सम्बन्ध’

सिन्हवा

सेन्ट पिटर्सबर्ग — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको बताएका छन् । सिन्हवा समाचार संस्थाका प्रधान सम्पादक हे पिङसँगको अन्तर्वार्ताका क्रममा पुटिनले भने, ‘दुई देशबीचको रणनीतिक साझेदारीको अवस्था हेर्दा इतिहासकै सबैभन्दा राम्रो छ ।’

‘चीनसँग इतिहासकै राम्रो सम्बन्ध’

उनले दुई देशबीचको सम्बन्धलाई पुन: परिभाषित गर्नु आवश्यक नभएको बताए । पुटिनले भने, ‘पछिल्लो समय रुस र चीन सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेसपछि चीनसँग रुसको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । उनले भने, ‘रुस र चीनबीच आगामी सम्बन्ध अझ राम्रो बढाउन १९ औं कंग्रेसले उपयुक्त वातावरणको सिर्जना गरेको छ ।’ अन्तर्वार्तामा पुटिनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए ।

उनले भने, ‘दुई कोरियाबीच वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको छ । यसमा रुसको पनि समर्थन छ ।’ पुटिनले दुई कोरियाबीचको वार्ताले कोरियाली द्वीपमा मात्र नभई विश्वमै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने पुटिनले बताए । यद्यपि, उनले उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको वार्ताका विषयमा भने कुनै टिप्पणी गरेनन् । अन्तर्वार्तामा पुटिनले चीनसँगको व्यापारिक सम्बन्धबाट आफू पछिल्लो समयमा निकै सन्तुष्ट रहेको बताए । उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएकामा जोड दिएका छन् ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको भन्दै हालैका वर्षहरूमा व्यापारमा वृद्धि भएको जनाए । रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग वार्षिक करिब ८६ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुने गरेको छ । पुटिनले तेल, ग्यास, आणविक ऊर्जा, प्रविधि, कृषिलगायत क्षेत्रमा दुई देशबीच समन्वय रहेको उल्लेख गरे ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?