२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

रोयटर्स

जेनेभा — संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । उनले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २००१ को नोबेल शान्ति पुरस्कार जितेका थिए ।

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

घानाका कूटनीतिज्ञ अन्नानको उपचारका क्रममा स्वीटजरल्यान्डमा निधन भएको हो । उनी केही वर्षदेखि जेनेभामा बस्दै आएका थिए । उनका श्रीमती तथा तीन सन्तान छन् ।


कोफी अन्नान फाउन्डेशनले ‘केही समयदेखि बिरामी रहेका अन्नानले शनिबार शान्तिपूर्ण रुपमा देहत्याग गरेको’ जनाएको छ । फाउन्डेशनले ‘विश्व शान्तिका लागि पूर्ण प्रतिबद्ध एक राजनेता तथा अन्तर्राष्ट्रिय व्यक्तित्व गुमाएको’ उल्लेख गरेको छ ।

राष्ट्रसंघको ट्वीटर पेजमा लेखिएको छ, ‘हामीले एक महान् व्यक्ति तथा एक दूरदर्शी नेता गुमाएका छौं ।’ उनी राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् । अन्नानले सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको सातौं महासचिवका रुपमा सफल कार्यकाल पूरा गरेका थिए । त्यसलगत्तै उनले सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतका रुपमा कार्य गरेका थिए ।


अन्नान गरिबी र बालमृत्युदर कम गर्ने सहस्राब्दी विकास लक्ष्य प्राप्तिका कारण पनि परिचित छन् ।


प्रकाशित : भाद्र २, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?