१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

रासस/एएफपी

मताराम, इन्डोनेसिया — इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् ।


दुई साताको बीचमा लोम्बोकमा गएका दुईओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पले त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ ।


यी शक्तिशाली भूकम्पबाट करिब ५ सय मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघि कै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्को भूकम्प गएको छ ।


अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।


एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको सम्पूर्ण विवरण भने अझै प्राप्त भइसकेको छैन ।


उक्त भूकम्पको प्रभावित क्षेत्रमा उद्धारको कामलाई अझै पनि सशक्त बनाउन सकिरहेको छैन । अधिकारीहरुले उद्धारको काम जारी रहेको बताएका छन् ।


लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ५०० जनाको मृत्यु भएको थियो, भने हजारौँ घर भत्किएका कारण लाखौँ मानिस अझै विस्थापित अवस्थामा छन् ।


इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । उक्त क्षेत्रमा बारम्बार भूकम्प र पराकम्पहरु आइरहेको हुन्छ ।


सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प र सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र ४, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?