तालिबानद्वारा १५० को अपहरण

एजेन्सी

काबुल — तालिवान विद्रोहीहरूले अफगानिस्तानको उत्तरी क्षेत्रबाट करिब १ सय ५० यात्रुहरूको अपहरण गरेका छन् । तालिवान लडाकुले बसमा एम्बुस आक्रमण पछि उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।

तालिबानद्वारा १५० को अपहरण

तालिबान प्रवक्ताले बसमा यात्रा गरिरहेका सुरक्षाफौजका सदस्यलाई आफूहरूले निशाना बनाएको जनाएका छन् । उनले गैरसैनिक व्यक्तिलाई मुक्त गरिने बताए ।

अफगान सरकारले बिना शर्त युद्धविरामका लागि तयार रहेको जनाएको भोलिपल्ट उक्त घटना भएको हो । अफगान राष्ट्रपति अशरफ घानीले तालिवानले स्वीकार गरे सोमबार देखिनै युद्धविराम कार्यान्वयनमा आउने बताएका थिए ।

यद्यपी तालिवानले भने हालसम्म युद्धविराम प्रस्ताव अस्वीकार गरिदिएको बीबीसीले जनाएको छ । रोयटर्स समाचार संस्थाका अनुसार शेख हैबतुल्लाह अखुन्जादाले सरकारविरुद्ध आफूहरूको युद्ध जारी रहेको जनाएका छन् ।

यसअघि तालिवाले इस्लामिक पर्व इद–अल–अदाको अवसरमा ‘शत्रुपक्षका सयौं बन्दी’ मुक्त गर्ने जनाएको थियो ।

कुन्दुज प्रान्तका गभर्नरका प्रवक्ताले सोमवार अपहरणमा परेका यात्रुलाई अज्ञात स्थलतिर लगिएको छ । उनका अनुसार अपहरणमा परेका बस तालिबान नियन्त्रणको एक क्षेत्रबाट काबुल जाँदै थिए ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिले बसमा सरकारी सुरक्षाकर्मी रहेको सुराकीपछि आक्रमण गरिएको जनाएका छन् । रोयटर्स समाचार संस्थासग उनले भने, ‘भिडन्त नहोस् भनेर हामीले बसलाई सुरक्षति क्षेत्रमा लगेका छौं ।’ उनले सुरक्षाफौजका सदस्यको पहिचान पछि अन्यलाई छाडिने जनाए । अफगानिस्तानमा केही सातायता तालिबानले आफ्ना आक्रामक गतिविधि बढाएका छन् ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?