आगलागीमा ५० को मृत्यु

एएफपी

अमेरिका — अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एक सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीले मंगलबार जनाएका छन् ।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखे तापनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताए ।


यसअघि ४२ व्यक्तिको मृत्यु भएको थियो । अमेरिकी सञ्चारमाध्यमले एक सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् ।


बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौं अग्नि नियन्त्रक परिचालन गरिएको र उनीहरूले आफ्नो ज्यानको बाजी लगाएर उद्धार जारी राखेको सञ्चारमाध्यमले बताएका छन् । जंगलमा लामो समयदेखि आगो लागिरहेको छ ।


समयमै सरकारले आगो निभाएको बताए पनि पूर्णरूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट जंगल आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?