३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्रेक्जिट सहमतिको आलोचना गर्दै दुई वरिष्ठ मन्त्रीले दिए राजीनामा

कान्तिपुर संवाददाता

लण्डन — बेलायतका दुई वरिष्ठ मन्त्रीले ब्रेक्जिट सहमतिको आलोचना गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले प्रधानमन्त्री टेरेजा मेले गरेको ब्रेक्जिट सहमतिको विरोध गर्दै राजीनामा दिएका हुन् ।

ब्रेक्जिट सहमतिको आलोचना गर्दै दुई वरिष्ठ मन्त्रीले दिए राजीनामा

अरु केही मन्त्रीहरुको पनि राजीनामा आउन सक्ने अपेक्षा गरिएको छ । यसले गर्दा बेलायतको राजनीति फेरी अस्थिरतातर्फ लागेको छ । प्रधानमन्त्री मेले बेलायती संसदमा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।


बुधबार साँझ बेलायती मन्त्रिपरिषद्ले ब्रेक्जिट सहमति पास गरे लगत्तै इयु विरोधीहरुले चर्को आलोचना गरेका छन् । मन्त्रिपरिषद्को करिब एक तिहाइले यस ब्रेक्जिट सहमतिको विरोध गरेको बेलायती मिडियाले जनाएका छन् ।

प्रमुख प्रतिपक्षी लेबर पार्टीले पनि प्रधानमन्त्री मेले सरकारको अवनति सुरु भएको टिप्पणी गरेको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?