कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीलंकाको संसद्‌मा कुटाकुट, घाइते एक सांसद अस्पताल भर्ना 

एजेन्सी

कोलम्बो — एजेन्सी श्रीलंकाको संसदमा बिहीबार रनिल विक्रमासिंघे र महिन्दा राजापाक्ष समर्थित सांसदहरुबीच कुटाकुट भएको छ  । कुटपिटपछि घाइते एक सांसद अस्पतालमा भर्ना भएका छन् । 

श्रीलंकाको संसद्‌मा कुटाकुट, घाइते एक सांसद अस्पताल भर्ना 

संसदका सभामुख करु जयसुर्याले देशमा सरकार नरहेको बताएपछि राजापाक्ष समर्थित सांसदहरुले पानीका बोतल, संविधान तथा कागज फाल्ने टोकरी सभामुखतर्फ प्रहार गरेका थिए ।


विक्रमासिंघे पक्षका सांसदहरुले सभामुखमाथिको आक्रमण रोक्ने प्रयासपछि हानाहान सुरु भएको हो । हानहानका क्रममा भुइँमा लडेका सांसदलाई विपक्षीहरुले लात्ती प्रहार गरेका थिए ।


सेतो लुगामा उपस्थित अधिकांश सांसदले सुरुमा एकअर्कालाई ठेलेका थिए । त्यसलगत्तै केहीले आफ्नो विरोधीलाई मुक्का प्रहार गरेका द गार्जियन डटकमले सार्वजनिक गरेको दृश्यमा देख्न सकिन्छ ।


त्यसलगत्तै सभामुखको माइक नियन्त्रणमा लिन प्रयास गरेका राजापाक्ष निकट सांसद दिलुम अमुनुगमालाई विपक्षीको प्रहारका कारण चोट लागेको दाबी गरिएको छ । उनको सर्टमा रगत लागेको थियो । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीले जनाएका छन् ।


संसदमा हानाहान चलिहरेका बेला सभामुख, राजापाक्ष र विक्रमासिंघे बाहिरिएका थिए । विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टीका सांसद हर्स डे सिल्भाले ‘बुधबार श्रीलंकाको संसदकै लज्जास्पद दिन’ भएको बताए ।


संसदमा बिहीबार बिहान बोल्दै सभामुख जयसुर्याले राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएकाले देशका सरकार नरहेको बताएका हुन् । उनले संसदमा भने, ‘बुधबार पारित अविश्वासको प्रस्तावका आधारमा देशमा प्रधानमन्त्री वा मन्त्रिपरिषद् छैन । उनीहरु सबै संसदमा भएको मतदानबाट अवैध भएका छन् ।’


राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत महिना प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको हो । त्यसलगत्तै सिरिसेनाले संसद भंग गर्दै आगामी वर्ष निर्वाचनको घोषणा गरेका थिए ।


तर सर्वोच्च अदालतले संसद् पुनस्र्थापित गरेपछि संसदमा राजापाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको थियो । बुधबार संसदमा भएको मतदानमा राजापाक्षको विरुद्धमा १२२ सांसदले मतदान गरेका थिए । संसदमा २२५ सांसद छन् ।


प्रकाशित : कार्तिक २९, २०७५ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?