प्रवीणको कुकुरप्रेम

कान्तिपुर संवाददाता

काठमाडौं — गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् ।

गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् । 

डा. सुनील सापकोटाको ‘हे मानव..’ र ‘बोल्न सक्दिनँ..’, रवि मल्लको ‘सान्नानीको..’, प्रकाश/सुजाता तामाङले लेखेको ‘बिहानी..’ गीत कल्याण सिंह र दीपंकर क्षेत्रीले संगीतबद्ध गरेका हुन् । प्रवीणले अन्य गीतकारले लेखेका मात्रै नभई आफंैले लेखेको ‘जिन्दगीको...’ र ‘पानी पर्‍यो..’ गीत पनि गाएका छन् । ‘जिन्दगीको...’ गीत कल्याणले संगीतबद्ध गरेका हुन् भने ‘पानी पर्‍यो..’ गीतमा प्रवीणकै संगीत सुन्न सकिन्छ ।