भूषण यादव

कांग्रेस कोइराला परिवारको बपौती होइन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताएका छन् । वीरगन्ज नगर सभागृहमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताए ।

रक्सौल डिपोबाट आयात भएको इन्धनमा पानी र लेदो

सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम(आईओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ । पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले मङ्गलवार रक्सौल डिपोबाट पेट्रोल र डिजेल लोड गरी भित्रिएका ट्यांकर चेकजाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो भेटिएको हो । 

महानगरको जग्गा हडप्न फाउन्डेसन

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा बिक्री वा हक हस्तान्तरणबिना नै व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । जालसाजी गरी जग्गा नामसारी गराएको थाहा पाएपछि महानगरपालिकाले पर्सा अदालतमा मुद्दा हालेको छ । 

छात्राको कोठामा ‘सुसाइड नोट’

भारतीय रेलसँग किचिएर ज्यान गुमाएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएको पर्सा प्रहरीले वीरगन्ज रानीघाटमा छात्राहरू बस्ने कोठा फोरेर खनतलाशी गर्दा सुसाइड नोट फेला परेको हो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार प्रहरीभित्र प्रेवश गर्दा देख्ने ठाउँमा नै सुसाइड नोट राखिएको थियो । 

वीरगन्जमा बीपी उद्यान नै बनाउनुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्ष कांग्रेसले वीरगन्जमा बीपी उद्यान निर्माण प्रयोजनका लागि दिइएको जग्गामा प्रदेश २ सरकारले सहिद पार्क बनाउन लागेकामा कांग्रेसले आपत्ति जनाएको छ ।

भूषण यादवका लेखहरु :

ई-रिक्सामा पनि सिन्डिकेट

सरकारले ठूला सवारी साधनको आवागमनमा सिन्डिकेट अन्त्यको घोषणा गरे पनि तीनपांग्रे सवारीमा सिन्डिकेट लगाइएको पाइएको छ । सवारी व्यवस्थापनका नाममा ई–रिक्सा र पेट्रोलबाट चल्ने ट्याम्पोसँग अवैध रकम असुलिएको हो । तीन पांग्रे सवारी व्यवस्थापनका लागि वीरगन्ज महानगरपालिकामा ५ वटा संघ खुलेका छन् ।

हुलाकी सडक अभिभावकविहीन

तीन जिल्लामा १ सय ९२ किलोमिटर लम्बाइको सडक निर्माणका लागि ५ अर्ब ११ करोड ८९ लाख रुपैयाँका सात ठेक्का लगाइएको छ । अनुगमन निरीक्षणका लागि जिम्मेवार कार्यालय छैन । मधेसको ‘लाइफलाइन’ का रूपमा मानिएको हुलाकी सडक राष्ट्रिय गौरवको योजना हो । 

संस्थानको जग्गा नगरपालिकाको स्वामित्वमा

वीरगन्जको घन्टाघर उत्तरपट्टिको नेपाल यातायात संस्थानको १० बिघा जग्गामा महानगरपालिकाको स्वामित्वमा आएको छ । प्रतिबिघा एक करोड रकम तिरेर उक्त जग्गा नगरपालिकाले आफ्नो बनाएको हो ।

कुरीतिविरुद्ध लड्न एकमत

भाइलाई स्कुल गएको देखेर एक बालिकाले स्कुल जाने चाह्ना राखेपछि वयस्क युवकले झपारेको दृश्यले सबैलाई मञ्चतर्फ एकाग्र बनायो । नाटकमा ती बालिकाको बुबा बनेका ती युवकले छोराले पढेपछि बिहेमा दाइजो ल्याउँछ, क्यास पैसा ल्याउँछ, मोटरसाइकल ल्याउँछ, तिमीलाई पढाए पनि नपढाए पनि चुलामै सीमित बन्ने भन्दै स्कुल जान दिँदैनन् ।’ 

कपडा तस्करी बढ्दो

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ८ वटा चौकी छिछोल्दै भारतीय नाकाबाट झन्डै ३० किलोमिटरभित्र नेपाली भूमिमा धान बोकेर आएको टयाक्टरबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन् ।