कोटको टाँक चुँड्यो । चिसो हावाले छाती समाएपछि पर्साका ८० वर्षे किसुन रामले कोट जोड्ने जुक्ति निकाले । गोजीबाट खिप निकालेर टाँक जोडे झैं लुगा सिलाए । हावा त छेकिएन, उनीलाई भने केही न्यानो भएको भान भयो ‘फाटेको लुगा त खिपले अडाए, मनभरी पीर केले सिलाउँ ?’ आँखाबाट खसेका थोपा पुछ्दै किसुनले यसैगरी कयौं दिन रात बिताएका छन् ।
न्याय माग्दै तीनवर्षे छोरासहित शान्तिवाटिकामा धर्ना बस्दै आएकी बर्दियाकी इन्दिरा सुनार मंगलबार काठमाडौं नगर प्रहरीको लछारपछारमा परिन् । नगर प्रहरीले शान्तिवाटिकामा बस्न नदिने भन्दै रत्नपार्कको चिसो भुइँमा पुर्याइदियो । आङमा भएको एक सरो लुगाबाहेक उनको साथमा केही छैन ।
शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ । मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।
सोमबार दिउँसो सिंहदरबारको दुई नम्बर गेटमा पास पूरा भई भित्र पसिसकेका थिए आरती साहकी आमा निर्मला र भाइ प्रेम । पछाडिबाट चर्किंदै एक प्रहरीले सोधिहाले, ‘तपाईंहरू आरती साहको परिवार होइन ?’ जवाफ दिन नपाउँदै प्रहरी हतारिँदै आइहाले, ‘बाहिर निस्कनुस्, तपाईंहरू भित्र जान पाउनुहुन्न ।’
मानव अधिकारको भरोसा राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयको बीच रहेको सडकमा ‘पीडितलाई सुन' भन्दै कराइरहेका थिए, आरती साहका परिवार । सोमबार ललितपुरस्थित हरिहर भवन अगाडि आरतीका परिवारको एउटै माग थियो, ‘राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यबीच आफ्ना कुरा राख्न पाउँ भन्ने ।’
राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा जिल्लाका प्रहरी अधिकारीदेखि अस्पतालका चिकित्सकसमेत दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत निर्देशन दिएको छ । आयोगले साहकी बहिनी मनिषालाई १ लाख ५० हजार रुपैयाँ, आमा निर्मला देवी साहलाई १ लाख रुपैयाँ र भाई प्रेम र बुबा विनोद साहलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयमा गुहार माग्दै धर्ना बस्न पुगेका आरती साहका परिवारलाई प्रहरी मंगलबार निषेधित क्षेत्र भन्दै पक्राउ गर्यो । पक्राउ पछि दिउँसो ११ बजे तिर उनीहरूलाई ललितपुर प्रहरी परिषद्मा राखिएको थियो । मानवअधिकारको रक्षक मानिने राष्ट्रिय मानव अधिकार आयोगले पीडितको पक्ष नदिई उल्टै पीडिक (प्रहरी) को पक्षमा रिपोर्ट निकालेको भर्न्दै आरतीका परिवारले विरोध गरेका हुन् ।
कोरोना महामारीले घरबाट निस्किने स्थिति थिएन । स्कुल बन्द हुँदा पढाइमा ध्यान थिएन । साथीभाइ र खेलकुदमै छोरी रमाएको देखेर अभिभावक पनि दंग थिए । जब स्कुल सुरु भयो, हप्ता दिन नबित्दै रिमा (नाम परिवर्तन)ले घरभित्रै आत्महत्या गरिन् । ९ कक्षामा पढ्दै गरेकी छोरीले एकाएक के कारणले आत्महत्या गर्ने निर्णयमा पुगिन् ? अभिभावकलाई पछि सुनाइयो, ‘रजस्वला रोकिएपछि डरले आत्तिएर उनले आत्महत्या गरेकी हुन् ।’
अस्पतालको शय्यामा छोरी छटपटाइरहेकी थिइन् । ‘मिर्गौला दिने जो हुनुहुन्छ, यता आउनुहोस्,’ महिला कर्मचारीले इसारा गर्दै बन्द कोठामा बोलाइन् । जुना परियार उपस्थित भइन् । कर्मचारीले सोधिन्, ‘तपाईं को हो बिरामीको ?,’ नाता खुलाउँदै जुनाले भनिन्, ‘आमा ।’ एक तमासले अनुहारमा हेर्दै ती महिला कर्मचारीले फेरि भनिन्, ‘तपाईंलाई थाहा छ, छोरीलाई किड्नी दिनुभयो भने तपाईंको जीवन अधुरो रहन्छ । समस्या आउन सक्छ, बिरामी पर्न सक्नुहुन्छ ।’
उनले बनाएका चित्र स्टोरमा अटाइन नसक्नु छ । चाङका चाङ पारेर राखिएका चित्रलाई थन्काउने कसरी ? चित्रकार नरबहादुर विक यसको चित्ता पटक्कै गर्दैनन् । ‘कलाकारको काम हो, चित्र बनाउने । व्यापार अनलाइनले गरिहाल्छ नि,’ उनी उत्साहपूर्वक भावमा थप्छन्,‘सिर्जना कोर्नु मात्रै पर्छ, प्रविधिको विकासले चित्र बेच्न त्यति टाउको दुखाउनु पर्दैन ।’