भुषण यादव

भुषण यादवका लेखहरु :

स्रोत नखुलेको १० लाखसहित पर्सामा एक भारतीय पक्राउ 

स्रोत नखुलेको १० लाख रुपैयाँसहित सशस्त्र प्रहरी पर्साले एक भारतीयलाई नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न १ बजेतिर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर०५ एआर ८१०१ भारतीय नम्बरको मोटसाइकलमा सवार भारतीय नागरिकलाई जाँच गर्दा उनले प्रयोग गरेको हेलमेटबाट १० लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताए ।

वीरगञ्जमा सम्झौता विपरित कवाडी कर असुल्दै ठेकेदार

वीरगञ्ज महानगरपालिकासँग भएको ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले जबरजस्ती कवाडी कर असुल गरेको पाइएको छ । बारा–पर्सा उद्योगका उत्पादन लोड गर्न वीरगन्जको सुक्खा बन्दरगाहबाट गएका खाली कन्टेनर, भारत र तेस्रो मुलुकबाट आयातित अन्य वस्तु बोकेका मालबाहक सवारी साधनबाट समेत कवाडी कर संकलन गरेको पाइएको हो । 

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।