२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हीरा विश्वकर्मा

हीरा विश्वकर्माका लेखहरु :

दलितलाई केही न केही

कुरा आजभन्दा १९ वर्षअघिको हो, म दलितका लागि सञ्चालित एउटा राम्रै कार्यक्रमको प्रमुख थिएँ, जसलाई बेलायती सरकारले सहयोग गरेको थियो । त्यतिबेला मसँग एउटा जानकारी मागियो, जुन बेलायतकी उपविदेशमन्त्रीका लागि थियो ।

गणतन्त्रमा पनि दलित बहिष्करणमै

रामचन्द्र पौडेल हालै राष्ट्रपति निर्वाचित भएका छन् । निर्वाचनअघि दलित लगायत सीमान्तीकृत समुदायका व्यक्तिमध्येवाट राष्ट्रपति हुनुपर्छ भन्ने आवाज झिनो रूपमा उठेको थियो । खास गरी नेपाली कांग्रेसभित्र प्रखर रूपमा प्राध्यापक मानबहादुर विश्वकर्माको नाम उठेको थियो ।

लघुवित्त संकट र मोचनको उपाय

गत असोजमा मैले सुदूरपश्चिमका दुई जिल्ला कञ्चनपुर तथा डडेल्धुराका तीनवटा महिला समूहसँग गहन अन्तरक्रिया गरेको थिएँ । बेलडाँडीका महिलाहरूले लघुवित्तहरूबाट ऋण लिएको र त्यसको किस्ता तिर्दै गरेको बताए । आफूहरू त्यहाँ कार्यरत तीनटै लघुवित्तको सदस्य भएको र एउटाबाट लिएर अर्कोलाई तिर्ने गरेको सुनाए ।

दलितको गरिबी कहिलेसम्म भजाउने ?

अर्थ मन्त्रालयले आगामी बजेटका लागि सुझाव लिने सन्दर्भमा गत चैत २१ गते दलितका सरोकारवालालाई पनि बोलाएको थियो । अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अर्थसचिव लगायत बजेट निर्माणमा संलग्न सदस्यहरूको समेत उपस्थिति थियो । यो पंक्तिकारलाई यस्तो अवसर सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा पनि मिलेको थियो । सो भेलामा पूर्व उद्योग तथा वाणिज्यमन्त्री तथा नेपाल दलित संघका सभापति मीन विश्वकर्माले बडो मार्मिक भनाइ प्रस्तुत गरेका थिए । उनले दलितहरू सधैं गरिब रहेर राज्यलाई सघाइरहेका छन् भनेका थिए ।

दलित उपेक्षाको उदाहरण

२१ मार्च १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्ले सहरमा एपार्थाइड कानुनविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमा जातिवादी गोरा सरकारले दमन गरी ६९ जना निहत्था नागरिक मार्‍यो, १८० भन्दा बढी घाइते भए । त्यसैको सम्झनामा सन् १९६६ देखि अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउन थालियो ।

जबजको औचित्य समाप्त भएकै हो ?

बहुदलीय चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउन सकिँदैन भन्ने विश्वव्यापी मान्यता थियो । कुनै पार्टीले त्यस्तो चुनावबाट सरकार बनाए वा कोही सांसद बने संशोधनवादी मानिन्थ्यो । त्यस्तालाई शास्त्रीय कम्युनिस्ट सिद्धान्त मान्ने पार्टीहरूले पुँजीवादीको दलालसम्म भन्थे । पुष्पलालले सशस्त्र संघर्षबाट कम्युनिस्ट पार्टीको शासन व्यवस्था ल्याउनुपर्छ भन्नेमा कहिल्यै जोड दिएनन्, उनले नेपाली कांग्रेसजस्तो पुँजीवादी पार्टीसँग मिलेर नेपालमा बहुदलीय व्यवस्था ल्याउनुपर्छ र त्यसैमा कम्युनिस्ट पार्टीहरूले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यता राखे ।