कृष्ण थापा

त्रिशूली र देवीघाट जलविद्युत बन्द

त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो आगलागी भएपछि नुवाकोट र रसुवाको केही भागमा अन्धकार भएको छ । त्रिशूली विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो साढे १ बजे आगलागी भएपछि त्रिशूली र देवीघाट जलविद्युत् उत्पादन बन्द भएको हो ।

नुवाकोट–काठमाडौं जोड्ने तीन सडक अवरुद्ध

भारी बर्षात्‌का कारण राजधानी काठमाडौं जाेड्‌ने तीनवटा सडक अवरुद्ध भएका छन् । छहरे–टोखा, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–देवीघाट–कोल्पुखोला–गल्छी सडक अवरुद्ध भएका छन् । 

माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रसारण लाइन विस्तारमा अवरोध

स्थानीयवासीले मुआब्जा लिन नमान्दा ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ को प्रसारण लाइन विस्तारमा अवरोध आएको छ । आयोजनाको पावरहाउसदेखि १३२ केभी लाइनको थ्री ‘बी’ हबसम्म ६ वटा टावर छन् ।

नदीमा डुबेर सल्यानका दुईको मृत्यु, एक घाइते

तादी गाउँपालिका-४ सातबिसेमा नदीमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सल्यान खप्टेश्वरी गाउँपालिका-२ का २४ वर्षीय डिल्ली विक र २० वर्षीय डोना विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि रेग्मीले बताए ।

कृष्ण थापाका लेखहरु :

नुवाकोटमा बजार अनुगमन थालियो, ३ सय ९० लिटर घरेलु मदिरा नष्ट

बजारमा अखाद्य वस्तुको बिक्री वितरण र मूल्य वृद्धि रोक्न भन्दै स्थानीय प्रशासन र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन थालेका छन् । 

ढुंगा–गिट्टी उत्खनन रोक्न परमादेश

सर्वोच्च अदालतले त्रिशूलीलगायत नदीमा कानुनबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी नदीजन्य पदार्थ उत्खनन नगर्न उत्प्रेषण परमादेश जारी गरेको छ ।

ठेकेदारले अलपत्र छाडे सडक

सोले हुँदै भाल्चे जाने सडक ठेकेदारले तोकिएको समयमा काम नगर्दा अलपत्र परेको छ ।मूल ठेकेदारले पेटी ठेकेदारलाई सडक निर्माण गर्ने जिम्मा दिएकामा उसले हात झिकेपछि किस्पाङ गाउँपालिका ५ मनकामना–फिकुरी–काउले–साल्मे–भाल्चे साढे १८ किलोमिटर सडक योजना अलपत्र परेको हो ।

हिलोले अस्तव्यस्त नुवाकोटका सडक

आइतबार राति परेको भारी वर्षाका कारण जिल्ला बाहिरिने र भित्रने सवारी साधनलाई समस्या भएको छ । पासाङ ल्हामु मार्गको बालाजु–त्रिशूली सडक खण्डको ठाउँ–ठाउँमा पानी जमेर यात्रुहरुलाई आवतजावत गर्न समस्या भएको छ ।