एएफपी

हाजार्ड कुर्दै बेल्जियम

विश्वकपअगाडिको अन्तिम अभ्यास खेलमा बेल्जियमले इडेन हाजार्डको चोटलाई सहनुपरेको छ । सोमबार चेल्सी स्टार हाजार्डले चोटका कारण मैदान छाडेको खेलमा बेल्जियमले ब्रसेल्समा कोस्टारिकालाई ४–१ ले पराजित गर्‍यो ।

सानदार जितसँगै बार्सिलोनालाई कोपा डे रे

लुइस स्वारेजले दुई गोल गरेपछि बार्सिलोनाले शनिबार राति लगातार चौथौ पल्ट कोपा डे रे जितेको छ । फाइनलमा उत्कृष्ट खेल देखाउँदै बार्सिलोनाले सेभियालाई ५–० ले हरायो । 

टोरेसको सयौं गोल

फर्नान्डो टोरेसले ला लिगामा व्यक्तिगत सय गोल गर्दै आइतबार राति एटलेटिको म्याड्रिडलाई लेभान्टेमाथि ३–० को दिलाएका छन् । टोरेसले यसअघि सिजनको समाप्तीमा क्लब छाड्ने घोषणा गरेका थिए ।

दक्षिण अफ्रिकालाई टेस्ट सिरिज

भेर्नोन फिलान्डरले सनसनीपूर्ण बलिङ गरेपछि दक्षिण अफ्रिकाले चौथो टेस्टको पाँचौं दिन मंगलबार अस्ट्रेलियालाई नमीठो हारको स्वाद चखाएको छ ।

एएफपीका लेखहरु :