थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन घोषणा गरिएको छ । थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो ।
अमेरिकी विपक्षी दल डेमोक्रयाटिकका तर्फबाट दुई शीर्ष राजनीतिज्ञले सन् २०२० मा हुने राष्ट्रपतीय चुनावको उम्मेदवारका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
एजेन्सी श्रीलंकाको संसदमा बिहीबार रनिल विक्रमासिंघे र महिन्दा राजापाक्ष समर्थित सांसदहरुबीच कुटाकुट भएको छ । कुटपिटपछि घाइते एक सांसद अस्पतालमा भर्ना भएका छन् ।
आइफोन निर्माता एप्पलले तीन नयाँ आइफोन मोडल सार्वजनिक गरेको छ । कम्पनीले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर नाम दिएर नयाँ आइफोन सार्वजनिक गरेको छ ।
स्याउ र सुन्तला भनेजस्तै एप्पल र अमेजन फरक खालका कम्पनी हुन् । प्रयोगकर्ताले रुचाउने डिभाइस उत्पादन गर्ने एप्पल एक प्रविधि कम्पनी हो । उपभोक्ताहरू अन्य सस्ता ब्रान्ड त्यागेर एप्पलका उत्पादन किन्न खोज्छन् ।
बेलायतको सुरक्षा निकायले फेसबुकलाई अधिकतम ५ लाख पाउन्ड जरिवाना गर्ने भएको छ । त्यहाँको सूचना आयुक्तको कार्यालयले ‘क्याम्ब्रिज एनालिटिका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न नसकेको भन्दै फेसबुकलाई यस्तो जरिवाना गर्न लागेको जनाएको हो ।
अर्जेन्टिनी मिडफिल्डर हाभियर मास्केरानोले आफ्नो राष्ट्र विश्वकपबाट बाहिरिएपछि अन्तराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिना शनिबार अन्तिम १६ भिडन्तमा फ्रान्ससँग ४–३ ले पराजित भएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।