प्रताप विष्ट

लालपुर्जाविहीनले घर बनाउन अनुदान पाउने

आफनो स्वामित्वमा जग्गाजमिन नभएका भूकम्पपीडितले घर बनाउनका लागि पुनर्निर्माण प्राधिकरणबाट अनुदान रकम पाउने भएका छन । भूकम्प पुनर्निर्माण प्राधिकरणद्वारा गठित जिल्ला समन्वय समितको बिहीबारको बैठकले भूमिहीनलाई पनि अनुदान रकम दिने निर्णय गरेको हो ।

उपमहानगरको बजेट २ अर्बभन्दा बढी

हेटौंडा उपमहानगरपालिकाले आगामी आव ०७६/०७७ का लागि करिब २ अर्ब ८ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालू आवमा चौथो नगरसभा संशोधनसमेत गरी १ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

स्वकीयमा अपांगता भएकी महिला

स्वकीय सचिव राख्दा आफन्त, राजनीतिक कार्यकर्ता नै मन्त्री, सांसद र उच्च पदस्थको प्राथमिकतामा पर्दै आएका छन् । प्रदेशसभा सदस्य ओमबहादुर घलानले अपांगता भएकी एक महिलालाई नियुक्त गरेका छन् ।

जसका लागि स्कुल बनाइयो, उनैले पढ्न पाइनन्

मकवानपुरको दुर्गम गाउँको बालविवाह देखेर एक विदेशी महिला कार्यक्रममा नै भक्कानिन् । शान्तिमाया चेपाङको १४ वर्षको उमेरमा विवाह भएको देखेपछि उनी भावुक भएकी हुन् । 

प्रताप विष्टका लेखहरु :

चिसापानीगढीको संरक्षण

मकवानपुरको भीमफेदी गाउँपालिकाले ऐतिहासिक महत्त्व रहेको चिसापानीगढीको संरक्षण र पुनर्निर्माण गरिरहेको छ । भीमफेदी गाउँपालिका–६ चिसापानीमा रहेको गढीको संरक्षणमा तीनै तहका सरकारको योगदान रहेको छ ।

वनकरियाकहाँ घरबास

फिरन्ते जीवन त्यागेर घर बनाई बस्न थालेका लोपोन्मुख वनकरियाको जनसंख्या ८९ मात्रै छ । उनीहरूका बस्तीमा अब घरबास (होमस्टे) सञ्चालनमा आउने भएको छ । यसका लागि फिरन्ते जीवन त्यागेर सुरुमा उनीहरूले बनाई बसेको जस्तै घर तयार पारिँदै छ । अल्पसंख्यकको बस्तीमा गाउँपालिकाले घरबास सञ्चालनको योजना अघि सारेको हो । 

धरान—चतरा–हेटौंडा सडक : २९ किलोमिटर पिच

झन्डै ३१८ किमि लामो धरान–चतरा–हेटौंडा सडकको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । उक्त सडकको पश्चिमी क्षेत्रतर्फ १७ किलोमिटर कालोपत्रे भइसकेको छ । पूर्वी खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ । पश्चिमी क्षेत्रका ३३ वटा पुलमध्ये १७ वटा निर्माण भइसकेका छन् । १६ वटा निर्माणाधीन अवस्थामा छन् ।

कुलेखानी—३ को सुरुङ परीक्षण

कुलेखानी–३ जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबारदेखि पानी पठाएर परीक्षण गरिएको छ । परीक्षणका लागि प्रतिसेकन्डमा १ सय १५ लिटर पानी पठाउने गरेको आयोजनाले जनाएको छ ।